खरसाङ: पहाड र समतलमा आएको प्राकृतिक प्रकोपले गरेको क्षतिमा पुनर्वासको व्यवस्था मुख्य विषय बनेको माकपाको दार्जिलिङ जिल्ला सचिव एवं पूर्व सांसद समन पाठकले बताएका छन्। उनले एक भिडियो जारी गर्दै यसपाली प्राकृतिक आपदाले ठूलो क्षति गरेको छ जुन ६८ सालको प्रकोपछि आएको ठूलो प्राकृतिक प्रकोप रहेको बताउँदै यसममा पिढीतहरुलाई पुनर्वास मुख्य विषय बनेको पनि बताएका छन्। उनले यस आपदाबाट पिढीत परिवारहरुलाई झट्टै पुनर्वास गरिनु पर्ने माग गर्दै दार्जिलिङ जिल्ला शासकलाई पत्रचार गरिएको जानकारी गराएका छन्। उनले यस पत्रमा तीनवटा मुख्य विषयमा ध्यान केन्द्रित गरिएको जानकारी गराएका छन्। उनले बताए अनुसार चियाबारी क्षेत्रमा पैह्रोले लगेको बगानमै पीडीतहरुको घर निर्माण गर्न जमीन दिनु पर्ने र यसको लागि जिल्ला शासकले पहल गर्नु पर्ने र सरकारले झट्टै घर बनाई दिनु पर्ने मांग गरेका छन्। त्यसरी नै पैह्रोले प्रभावितहरुको घर र जमीन छ तर बस्न योग्यको छैन तेस्ता घरहरुलाई सुरक्षित ठाउँमा सारिनु पर्ने मांग गरिएको छ। यसको साथै केन्द्र सरकारले यस प्राकृतिक प्रकोपलाई राष्ट्रिय आपदा घोषणा गरेर स्पेशियल प्याकेज दिनुपर्छ भन्ने मांग गरिएको बताएका छन्।