खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले शुक्रबार खरसाङको रोहिणी रोड मरमत्ति कार्यको निरीक्षण गरेका छन्। शुक्रबार बिहान जीटीए प्रमुख अनित थापाले गौरी शंकर चियाबारीसम्म पुगेर मरमत्ति हुँदै गरेको रोहिणी रोडको निरीक्षण गरेका छन्। उनीसित विभागीय अधिकारीहरु र ठेकेदार पनि उपस्थित रहेका थिए। यसावधि उनले पैह्रोले लगेको रोहिणी रोडको निरीक्षण गर्नुको साथै पैह्रो सबै निरीक्षण गरेका छन्। उनले पैह्रोको मुनिदेखि शुरु गरिएको मरमत्ति कार्यको पनि निरीक्षण गरेका थिए भने रोहिणी रोड मरमत्तिको कार्य असल रुपमा गरिनु पर्ने र काम विषयमा सोधपुछ र जानकारी लिएका थिए।