पैह्रोले‌ क्षतिग्रस्त पिढीतको घरलाई सर सफाईमा सहयोग

IMG-20251010-WA0121

खरसाङ: खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत दुई गोथल्स साइडिङ जोडा नम्बर ३२० छेउमा गोरीमाया तामाङको घर गत ४ अक्टोबरको राती आएको पानीले निकै क्षति पुराएको थियो। ती घरलाई गोथल्स साइडिङ नवीन ग्राम सुधार समितिका सदस्यहरू अनि खरसाङ पञ्चायत समितिको कर्माध्यक्ष बीरेन्द्र तामाङ लगायत अन्यहरुले सहयोग पुराएको जानकारी प्राप्त भएको छ। यस कार्यमा नवीन ग्राम सुधार समितका सभापति दिपक सिंह, उप सभापति रामप्रसाद, सचिव अल्फन्स लेप्चा, जोहन योञ्जन लगायत सदस्यहरु उपस्थित रहेका थिए‌। उक्त पैह्रोले क्षतिग्रस्त घरलाई सर सफाई गरेर सहयोग गरेका थिए। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै कर्माध्यक्ष बीरेन्द्र तामाङले गत ४ अक्टोबरको राती आएको अविरल वर्षाका कारण गोरीमाया तामाङको घर घरलाई पैह्रोले क्षतिग्रस्त बनाएको थियो। उक्त पैह्रोले क्षति गरेको घरलाई नवीन ग्राम सुधार समाजको तर्फबाट सहयोग गरिएको र उक्त क्षतिग्रस्त घरको लागि खरसाङ खण्ड पञ्चायत समिति, पञ्चायत साथै अन्य सरकारी निकायमा सहयोगको लागि पत्रचार गर्दै रिपोर्ट बुझाइएको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement