भारत र सिंगापुरबीच म्याच ड्र

IMG-20251009-WA0197

सिंगापुर: भारतले एएफसी एशियन कप क्वालीफायरको तेस्रो चरणको म्याचमा सिंगापुरलाई १-१-को ड्र-मा अल्झायो। यस ड्र-को साथ भारतले मुख्य टुर्नामेण्टमा स्थान बनाउने आशालाई पनि जीवित राख्यो। ग्रुप सी-मा भारतसँग ३ वटा म्याचमा २ अंक रहेको छ। यसरी शीर्ष स्थानमा रहने सिंगापुरसँग ५ अंक रहेको छ। आफ्नो घरेलु मैदानमा खेल्ने सिंगापुरलाई इखसान फण्डीले मध्यान्तरको ठीक अघि बढ़त दिलाए। उनले इञ्ज्युरी टाइमको पहिलो मिनटमा गोल गरे। यसबीच प्रमुख डिफेण्डर सन्देश झिंगनले रेड कार्ड देख्दा भारतीय टीमलाई ठूलो झट्का लाग्यो। दशजना खेलाड़ीको साथ खेल्दै चरम दबाउबीच रहीम अलीको गोलले भारतलाई हारबाट बचायो। रहीम अलीले ९०औं मिनटमा गोल गरे। भारतले यसअघि बंग्लादेशविरुद्ध गोलरहित ड्र खेलेको थियो भने हंगकंगविरुद्ध १-० ले हारको सामना गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement