विशाखापट्टनम: भारतकी स्टार ओपनिंग ब्याटर स्मृति मन्धनाले आईसीसीसी महिला वनडे वर्ल्ड कपमा दक्षिण अफ्रिकाविरुद्ध बिहीवार २३ रनको संक्षिप्त ईनिंग्सको अवधि एउटा खास उपलब्धि हासिल गरिन्। मन्धनाले महिला वनडे इण्टरनेशनल क्रिकेटको एक क्यालेण्डर सालमा सर्वाधिक रन बनाउने २६ साल पुरानो विश्व रेकर्ड तोड़िन्। आज बनाएको २३ रनको साथ मन्धनाको यस साल १७ वटा ईनिंग्समा जम्मा ९८२ रन पुग्यो, जुन एक सालमा महिला एकदिने क्रिकेटमा कुनै पनि ब्याटरले बनाएको सर्वाधिक रन हो। मन्धनाले अष्ट्रेलियाकी बेलिण्डा क्लार्ककी रेकर्ड तोड़िन्, जसले १९९७-मा ९७० रन बनाएकी थिइन्। यस सूचीमा दक्षिण अफ्रिकाकी लौरा वोल्वार्ड रहेका छन्, जसले २०२२-मा ८८२ रन बनाएकी थिइन्। मन्धनाको निम्ति एकदिने प्रारूपमा यो साल असाधारण रह्यो। वर्ल्ड कप अघि मन्धनाले यस साल १४ वटा ईनिंग्समा ६६.२८-को औसत र ११५.८५-को स्ट्राईक रेटले ९२८ रन बनाएकी थिइन् तर वर्ल्ड कपको तीनवटा ईनिंग्समा चाहिँ उनले केवल ५४ रन बनाएकी छन्। यस साल मन्धनाले एकदिने प्रारूपमा ४ वटा शतक र ३ वटा शतक बनाइसकेकी छन्। उनीसँग अहिले एक क्यालेण्डर सालमा १००० रन बनाउने पहिलो महिला क्रिकेटर बन्ने मौका रहेको छ।