सिक्किमका विधायक टोली राष्ट्रीय ऊर्जा एवं पर्यावरण सम्मेलनमा

IMG-20251009-WA0203

गान्तोक: पीआरएस लेजिस्लेटिभ रिसर्च नयाँ दिल्लीद्वारा आयोजित दुई दिवसीय ऊर्जा र पर्यावरण सम्बन्धी राष्ट्रव्यापी कार्यशालामा सिक्किम विधानसभा सदस्यहरुले सहभागिता जनाए। यस अवसरमा विधायकहरु आदित्य गोले, मदन सिन्चुरी, सोनाम छिरिङ भेन्चोङपा, दिले नामग्याल बर्फुङपा, इरूङ तेञ्जिङ लेप्चा, कला राई, पामिन लेप्चा र सुदेशकुमार सुब्बाले सहभागिता जनाए। आजदेखि शुरू भएको दुई दिवसीय कार्यशालाको समापन शुक्रबारको दिन हुनेछ। कार्यशालाको पहिलो दिन ऊर्जा र पर्यावरण क्षेत्रहरूको वर्तमान स्थिति, उर्जा वितरण, वित्तीय दवाब र उदीयमान समस्या, विद्युत उत्पादन र प्रसारणमा चुनौती लगायत अन्य विषयमा छलफल गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement