सिनियर महिला र अण्डर-१९ पुरुष टीमले गऱ्यो जीत दर्ता

IMG-20240717-WA0003

गान्तोक: सिक्किम क्रिकेटको निम्ति आजको दिन सुखद रह्यो। राज्यको सिनियर महिला अनि अण्ड-१९ पुरुष टीमले सम्बन्धित टुर्नामेन्टमा जीत दर्ता गरेको छ। सिक्किम क्रिकेट एसोसिएशले यो जानकारी दिएको हो। एकातिर सिनियर महिला टीमले अगरतलामा आयोजित सिनियर वुमन्स टी२० ट्रफीमा मिजोरामलाई हराएर पहिलो जीतको स्वाद चाखेको छ भने अर्कोतिर विनोद माङकड़ ट्रफी वान डे टुर्नामेन्टमा अण्डर-१९ पुरुष टीमले जीतको साथ आफ्नो अभियान आरम्भ गरेको छ।


महिलाहरूको टुर्नामेन्टमा तीन रन खर्चेर दुई विकेट लिने स्पिनर प्रणिता छेत्रीले टीमको जीतमा महत्वपूर्ण भूमिका निभाइन्। यसको साथै उनी प्लेयर अफ् दी म्याच बनिन्। यो उनको पहिलो प्लेयर अफ् दी म्याचको उपलब्धी हो। यसरी नै अण्डर-१९ पुरुषको जीतमा म्याचका हिरो लेग स्पिनर प्रवीण कुइकेल बने। उनले केलव १४ रन खर्च गरेर लिए ४ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement