जिल्लास्तरीय भलिबल प्रतियोगिताको खिताब नाम्चीको झोलीमा

IMG-20251009-WA0200

नाम्ची: नाम्चीमा आयोजित राज्यस्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल सम्पन्न भयो। खेलकुद एवं युवा मामिला विभागले राज्य स्थापनाको ५०औं वर्षगाँठको अवसरमा प्रतियोगिता आयोजन गरेको हो। नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका विधायक सतिशचन्द्र राई मुख्य अतिथि थिए। यस अवसरमा नाम्ची पीएमश्री कन्या उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरूले पाइप ब्याण्ड प्रस्तुति दिए। प्रतियोगिताको महिलावर्गको फाइनल खेल नाम्ची जिल्ला र मंगनबीच सम्पन्न भएको थियो जसमा नाम्ची जिल्ला बिजयी बन्यो। पुरूषवर्गको फाइनल खेल नाम्ची जिल्ला र सोरेङ जिल्लाबीच सम्पन्न भएको थियो। जसमा नाम्ची जिल्ला विजयी बन्न सफल भयो। प्रतियोगिताको समापन खेलमा नाम्ची जिल्लाका वरिष्ठ पुलिस अधीक्षक कर्मा ग्याम्छो भोटिया, खेलकुद एवं युवा मामिला विभागका अतिरिक्त निर्देशक रामबहादुर विश्वकर्मालगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement