गान्तोक: त्रिशक्ति कर्प्सका लेफ्टिनेन्ट जनरल मनराज सिंहले आज राज्यपाल ओमप्रकाश माथुरसँग राजभवनमा शिष्टचार भेट गरे। लेफ्टिनेन्ट जनरल सिंहले गत एक अक्टोबरदेखि आफ्नो कार्यभार सम्हालेका हुन्। उनले यसभन्दा अघि उत्तर जिल्लामा २०२३ मा आएको विनासकारी बाढीको समयमा कमाण्ड सम्हालेका थिए। २०२३ मा उत्तर जिल्लाको लोहनार्क झील परिसरमा बादल फाटेपछि टिस्टा नदीमा आएको विनासकारी बाढले राज्यमा धेरै धनजनको क्षति पुगेको थियो। जसमा भारतीय सेनाले उद्धार र राहत कार्यमा अहंम भूमिका निर्वाह निभाएका थिए। यस अवसरमा राज्यपालले लेफ्टिनेन्ट जनरललाई नयाँ जिम्मेवारीका लागि बधाई एवं शुभकामना दिए। जनरल सिंहले आगामी ११ अक्टोबरको दिन बरदाङस्थित प्रेरणा स्थलमा राष्ट्रीय झण्डाको उद्घाटन समारोहमा राज्यपाल माथुरलाई आमन्त्रित गरे। राष्ट्रको सुरक्षा र प्रगतिप्रति भारतीय सेनाको अटल प्रतिबद्धता, अनुशासन र निःस्वार्थ सेवाको लागि राज्यपालले प्रशंसा व्यक्त गरे। लेफ्टिनेन्ट जनरलको साथमा १७ माउन्टेन डिभिजनका जीओसी मेजर जनरल एमएस राठौर पनि सामेल रहेका थिए।