नव जागरण च्यालेञ्ज ट्रफीः बोडो एफसी र सौरेनी युनाइटेड एफसी विजयी

IMG_20220924_184229.jpg

२४ सेप्टेम्बरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज भएको पहिलो म्याचमा बोडो एफसी-ले एनजेएस-लाई २-१-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा सौरेनी युनाइटेड एफसी-ले चेंगालाई २-१-ले पराजित गऱ्यो। अब शनिवार खेलिने पहिलो म्याचमा लोहागढ़ र फुवागड़ी राइजिंग क्लबबीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो म्याच पोख्रेबुङ राइडर क्लब र गाड़ीधुरा एफसी-बीच खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा ४६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *