तीनधारे: तीनधारे महानदी समष्टिको गिताङ्गे चियाबारीमा पैह्रोले वाधित रोड जेसीबी लगाएर खोलाइएको छ। गत ४ अक्टोबरको राती परेको अविरल वर्षाका कारणले महानदी ग्राम पञ्चायत अन्तर्गत गिताङ्गे चियाबारीमा पैह्रोले रोड वाधित बनेको थियो। उक्त पैह्रोले वाधित गिताङ्गे चियाबारी क्षेत्रमा वाधित पैह्रो लगभग ५-६ दिनपछि रोड खोलाइएको जानकारी प्राप्त भएको छ।
उक्त पैह्रोले वाधित रोड खोलाउन जीटीए प्रमुख अनित थापाले जेसीबी दिएर सहयोग गरेकोले पैह्रो खोलेर रोड सफा गरेर खोलाउन सफल बनेको बताइएको छ। यस यसरी रोड खोलाउन सहयोग गर्ने जीटीए प्रमुख अनित थापा, क्षेत्रीय सभासद नवराज छेत्री, महानदी ग्राम पञ्चायतको प्रधान पासाङ शेर्पा लगायत तीनधारे महानदी समष्टिको पार्टी प्रतिनिधिहरुप्रति स्थानीयहरुले आभार प्रकट गरेका छन्। यस रोड खोलाउने कार्यमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापा लगायत गिताङ्गे क्षेत्रका प्रतिनिधिहरु उपस्थित रहेका थिए। उल्लेखनीय छ गिताङ्गे चियाबारीको रोड भएर शिवखोला, सिमरिङ, मालुटार, नरबुङ, जाने गर्छ भने सिविटार पनि यहीबाट भएर जाने गर्दछ। यस रोड भएर यस क्षेत्रमा आउने पर्यटकहरु पनि कुद्ने गर्दछ। तर रोड पैह्रोले बन्द भएकोले धेरै असुविधा भईरहेको थियो भने अहिले रोड खोलिएपछि यस क्षेत्रको जनसाधारणलाई धेरै सुविधा हुने बताइएको छ।