सांसद राजु विष्टद्वारा फूलबारीको होप टाउन क्षेत्रमा पैह्रोग्रस्त क्षेत्रको निरीक्षण साथै पैह्रोले मृत्यु भएको परिवारसित भेटघाट

IMG-20251009-WA0172

सोनादा: दार्जिलिङका‌ सांसद राजु विष्टले सोनादा पचेङ समष्टि अन्तर्गत मुण्डाकोठी ग्राम पञ्चायतको फूलबारी होप टाउन क्षेत्रमा पैह्रो प्रभावित क्षेत्रहरुको पनि निरीक्षण भ्रमण गरेका छन्। उनले सर्वप्रथम रंगबुल धोत्रे रंगमुक समष्टिको चन्द्रमानधुरा क्षेत्रको विभिन्न स्थानहरुमा पैह्रोग्रस्त क्षेत्रहरुको निरीक्षण गरेपछि सोनादा पचेङ समष्टिको मुण्डाकोठी ग्राम पञ्चायतको फूलबारी होप टाउन क्षेत्रको‌ पैह्रोग्रस्त क्षेत्रको निरीक्षण भ्रमण गरेका छन्‌। उनले फूलबारी होप टाउनको सार्वजनिक भवनमा राखिएको रिलिफ क्याम्पमा पैह्रो पिढितहरुसित भेटघाट गरेका‌ थिए।‌ फूलबारीको होप टाउन क्षेत्रमा गत ४ अक्टोबरको राती आएको अविरल पानी झरीले पैह्रो गएर एकजना महिलाको मृत्यु भएको थियो। पैह्रोमा ज्यान गुमाएका महिलाको परिवारसित पनि सांसद राजु विष्टले भेटघाट गरेका‌ छन्।‌ यसावधि उनले फूलबारी होप टाउनको पैह्रोले एकदमै बेसी प्रभावित तीन परिवारहरूको पूनर्वासको लागि रिङटङ चियाबारीको मालिकसित पनि फोनमा सम्पर्क गरेर बातचीत गरी जमीन उपलब्ध गराउने विषयमा कुरा गरेका छन्। यसको साथै उनले‌ रिङटङ चियाबारीको मालिकसित पछिबाट व्यक्तिगत रुपमा भेटेर बातचीत गरी पैह्रो प्रभावितहरुको पुनर्वासको लागि प्रबन्ध गर्ने‌ विषयमा बातचीत गरेका थिए।‌ सोनादा पचेङ समष्टिको फूलबारीको होप टाउन क्षेत्रमा पैह्रोले तीनवटा घरहरु पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् भने गाउँको सबै ७२ घरहरु नै पैह्रोले प्रभावित बनेको बताइएको छ। यसमा यस क्षेत्रमा कतिवटा घरहरु झुण्डिएको अवस्थामा रहेको र कतिवटा घरहरु निक्कै प्रभावित र कतिवटा घरहरु आंशिक रूपमा क्षति भएको बताइएको छ‌। यसको साथै यस समष्टिको तामसिङधुरा भएर फूलबारी होप टाउन हुँदै मुण्डाकोठी जाने रोडको विभिन्न स्थानहरुमा पैह्रोले वाधित बनेको छ। ठाउँ ठाउँमा पैह्रोले‌ धेरै क्षति गरेको छ भने कतिवटा घरहरु र रोडलाई निक्कै क्षति गरेको छ।‌ पैह्रोले क्षतिग्रस्त ती सबै क्षेत्रहरुको‌ सांसद राजु विष्टले निरीक्षण भ्रमण गरेका छन्। ती सबै पैह्रो प्रभावित क्षेत्रहरुको निरीक्षण गर्न दार्जिलिङ संसदीय क्षेत्रका सांसद राजु विष्ट पुगेका थिए।‌

उनले सबै पैह्रो पिढीत परिवारहरुलाई भेट गरेर सहयोगको आश्वासन दिएका छन्। यसावधि उनले पैह्रो प्रभावित परिवारहरुको गुनासोहरु र समस्याहरु सुनेका थिए। उनले राज्य र केन्द्र सरकार मिलेर कार्य गर्ने बताउँदै यो प्राकृतिक आपदाको समय सबैजना मिलेर काम गर्नु पर्ने र यो आपसको समयमा कुनै राजनीति नगरेर सबै मिलेर काम गर्नु पर्ने बताएका छन्‌। उनले यो आपदाको समय पहिला सबै ठाउँमा घुमेर निरीक्षण गर्ने र त्यसपछि काम गर्ने बताएका छन्।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement