भारतको निम्ति तीनैवटा प्रारूपमा सफल हुन चाहन्छन् कप्तान शुभमन गिल

IMG-20251009-WA0120

नयाँ दिल्ली: भारतीय टेस्ट र वनडे टीमका कप्तान शुभमन गिलले बताएअनुसार, उनी भारतको निम्ति तीनैवटा प्रारूपमा आईसीसी ट्रफी जित्न चाहन्छन्। वेष्ट इण्डिजविरुद्ध दोस्रो टेस्ट म्याचको पूर्वसन्ध्यामा गिलले भने, लगातार तीनैवटा प्रारूपमा खेल्दा शारीरिक थकानको साथमा कहिले-काहीँ मानसिक थकान पनि हुन्छ। मैदानमा खेल्न ओर्लिँदा मलाई आफूबाट पनि केही अपेक्षाहरू हुन्छ अनि मेरो केही लक्ष्य हुन्छ। यो एउटा ठूलो चुनौती हो, जसलाई म पूरा गर्न चाहन्छु। म भारतको निम्ति तीनैवटा प्रारुपमा खेल्न अनि सफल हुन चाहन्छु। म भारतको निम्ति आईसीसी ट्रफीहरू जित्न चाहन्छु। यो काम चुनौतीपूर्ण हुनेछ तर म यसलाई अवश्यै पूरा गर्न चाहन्छु। टेस्ट टीमका कप्तानको रूपमा ईंग्ल्याण्ड यात्रामा असाधारण प्रदर्शन गर्ने गिल अहिले टी२० इण्टरनेशनल टीममा पनि सामेल भएका छन् अनि टीमका उपकप्तान पनि हुन्। त्यसपछि वेष्ट इण्डिजविरुद्ध पहिलो टेस्ट म्याचमा जीत हासिल गर्नको साथै उनलाई वनडे टीमको पनि कप्तान नियुक्त गरियो। भारतीय टीम म्यानेजमेण्ट अहिले भविष्यलाई ध्यानमा राखेर अघि बढ़िरहेको छ अनि अहिले रोहित शर्मा केवल खेलाड़ीको रूपमा वनडे टीममा रहेका छन्।
आउँदो केही साल भारतीय क्रिकेटको निम्ति महत्त्वपूर्ण हुनेछ। आउँदो साल भारतमा टी२० वर्ल्ड कप हुनेछ। यसबाहेक वर्ल्ड टेस्ट च्याम्पियनशीपको २०२५-२७ चक्र शुरु भइससकेको छ अनि २०२७-मा दक्षिण अफ्रिकामा आईसीसी वनडे वर्ल्ड कप पनि हुनेछ। गिलले भने, यो घोषणा अहमदाबाद टेस्ट म्याचको अवधि (म्याच समाप्त भएपछि) भए पनि मलाई वनडे टीमको कप्तानी हासिल हुने विषयमा टेस्ट म्याचभन्दा केही समय अघि मात्र थाहा लागेको थियो। यो एउटा ठूलो जिम्मेवारी र सम्मान हो। म वनडे पनि टीमको कप्तानी गर्न उत्साहित छु। गत केही महिना मेरो निम्ति असाधारण रह्यो अनि म भविष्यमा पनि त्यस्तै प्रदर्शन गर्न चाहन्छु। अहिले मेरो नजर भविष्यमा छ अनि आउँदो म्याचहरूमा पनि जीत हासिल गर्न चाहन्छु। यसको साथमा गिलले रोहित र विराट कोहली २०२७ वर्ल्ड कपको योजनाहरूको हिस्सा नरहेको कुरालाई पनि अस्वीकार गरे। उल्लेखनीय छ, रोहित र कोहलीले टी२० इण्टरनेशनल र टेस्ट क्रिकेटबाट सन्न्यास लिइसकेका छन् अनि अहिले केवल वनडे म्याच खेल्छन्। गिल आफ्नो कप्तानीमा रोहितबाट सिकेको धेरै गुणहरू ल्याउन चाहन्छन्। उनले भने, रोहित र कोहलीसँग व्यापक अनुभव रहेको छ। उनीहरूले टीमलाई धेरै म्याच जिताएका छन्। यस्तो अनुभव थोरै खेलाड़ीहरूमा मात्र रहेको छ। उनीहरू जति क्षमता, कौशल र अनुभव भएको खेलाड़ी विश्वमा कम्ती नै छन्। यसैकारण हामी निश्चित रूपले उनीहरूसँग अघि बढ़्न चाहन्छौं। रोहित कप्तानको रूपमा मैदानमा शान्त रहन्छन् अनि सबै खेलाड़ीहरूसँग असल सम्बन्ध बनाएर राख्छन्। म उनको यी सब गुणलाई आफ्नो कप्तानीमा सामेल गर्न चाहन्छु। रोहित र कोहलीबाट युवा खेलाड़ीहरूले धेरै कुराहरू सिक्न सक्नेछन्। भारतीय क्रिकेट टीमको क्यालेण्डर निक्कै व्यस्त रहेको छ। टेस्ट सीरीज समाप्त भएपछि भारतीय टीमले अष्ट्रेलिया प्रस्थान गर्नेछ, जहाँ ३ वटा वनडे र ५ वटा टी२० इण्टरनेशनल म्याचको सीरीज खेलिनेछ। अष्ट्रेलियाबाट फर्किएपछि भारतले दक्षिण अफ्रिकाविरुद्ध २ वटा टेस्ट म्याचको घरेलु सीरीज खेल्नेछ। यसैकारण गिलको तीनैवटा प्रारूपमा महत्त्वपूर्ण भूमिका रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement