आर्कटिक ओपनमा मन्नेपल्लीले जिते पनि लक्ष्य र श्रीकान्त शुरुवाती राउण्डमै बाहिर

IMG-20251009-WA0073

नयाँ दिल्ली: भारतीय ब्याडमिण्टन खेलाड़ी थारुण मन्नेपल्लीले आर्कटिक ओपन २०२५-को पुरुष एकलमा देशको सम्भावनाहरूलाई जीवित राखे। उनले रोमाञ्चक म्याचमा विश्वका १४औं नम्बरका खेलाड़ी फ्रान्सका टोमा जूनियर पोपोवलाई उलटफेरको शिकार बनाए जबकि लक्ष्य सेन यस साल १०औं पल्ट पहिलो राउण्डमा बाहिर भए। विश्वका ४६औं नम्बरका खेलाड़ी मन्नेपल्लीले पहिलो गेम गुमाएपछि असाधारण पुनरागमन गर्दै पोपोवलाई १ घण्टा ८ मिनटसम्म चलेको म्याचमा ११-२१, २१-११, २२-२०-ले पराजित गरे। उनले निर्णायक गेममा ४ म्याच पोइण्ट बचाएर यस बीडब्ल्यूएफ सुपर ५०० प्रतियोगितामा असाधारण जीत हासिल गरे। प्री-क्वार्टर फाइनलमा उनको भिड़न्त विश्वका १८औं नम्बरका खेलाड़ी जापानका कोकी वातानबेसँग हुनेछ। यसरी पेरिस ओलम्पिकको सेमिफाइनलमा स्थान बनाउने लक्ष्यले विश्वका ११औं नम्बरका खेलाड़ी तथा पाँचौं वरीयता प्राप्त जापानका कोडाई नाराओकाविरुद्ध ५७ मिनटमा २१-१५, २१-१७-ले हारको सामना गर्नु पऱ्यो। म्याचमा लक्ष्यले शुरुदेखि नै संघर्ष गर्नु पऱ्यो। पहिलो गेममा ब्रेकको समय उनी ६-११-ले पछि थिए अनि त्यसपछि उनले अधिक मौका पाएनन्। दोस्रो गेम चाहिँ रोचक रह्यो। ब्रेकको समयसम्म स्कोर जापानका खेलाड़ीको पक्षमा ११-१० रहेको थियो तर ब्रेकपछि नाराओकाले रणनीति बद्लिए अनि लक्ष्यलाई केवल ७ अंक हासिल गर्न दिए। यो नाराओकाविरुद्ध लक्ष्यको ८ वटा म्याचमा छैटौं हार हो अनि २०२५ सीजनमा पहिलो राउण्डमा उनको दशौं हार हो। गत महिना हंगकंग ओपनको फाइनलमा स्थान बनाए पनि लक्ष्यले फर्मलाई कायम राख्न सकेनन्। अन्य भारतीयहरूले पनि लक्ष्य झैं पहिलो राउण्डमा हारको सामना गर्नु पऱ्यो। पूर्व नम्बर एक खेलाड़ी किदाम्बी श्रीकान्तले डेनमार्कका रासमस गेम्केलाई वक्ओभर दिए जबकि किरण जर्ज पनि वातानबेविरुद्ध म्याच बीचमा छोड़्न वाध्य भए। चोटले गर्दा जर्ज खेलबाट हट्दा वातानबे २१-१०, ४-१-ले म्याचमा अघि रहेका थिए। शंकर सुब्रमण्यमलाई फ्रान्सका क्रिस्टो पोपोवले ४४ मिनटमा २१-१७, २१-११-ले अनि आयुष शेट्टीलाई थाईल्याण्डका शीर्ष वरीयता प्राप्त कुनलावुत वितिदसार्नले ५० मिनटमा २१-१५, २१-१६-ले पराजित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement