नयाँ दिल्ली: भारतीय क्रिकेट टीमका स्टार विकेटकीपर ब्याटर सञ्जु सेमसनलाई सीएट क्रिकेट रेटिंग अवार्ड्स २०२५-मा टी२० क्रिकेटर अव् द ईयर पुरस्कारले सम्मानित गरियो। यस अवसरमा अनुभवी खेलाड़ीले आफ्नो अहिलेसम्मको क्रिकेट यात्राको चर्चा गरे। उनले हाँस्दै-हाँस्दै आफ्नो मनको व्यथाहरू पनि बताए। सेमसनले बताएअनुसार, उनले हालै अन्तर्राष्ट्रिय क्रिकेटमा १० साल पूरा गरेका छन् तर केवल ४० वटा म्याच खेल्न पाएका छन्। यस अवधि सेमसनले भारतीय टीमको जर्सी लगाएपछि कुनै पनि कामको निम्ति नाई भन्न नसकिने बताए, चाहे त्यो ९ नम्बरमा ब्याटिंग गर्नु होस् या देब्रे हातले स्पिन बलिंग गर्नु नै होस्। उनले भने, भारतीय टीमको जर्सी लगाएपछि तपाईंले कुनै पनि कुराको लागि नाई भन्नु सम्भव हुँदैन। मैले यस जर्सीलाई हासिल गर्न धेरै मेहनत गरेको छु अनि देशको निम्ति काम गर्नमा म गर्व अनुभव गर्छु। चाहे ९ नम्बरमा ब्याटिंग गर्नु होस् या देब्रे हातले स्पिन बलिंग, म टीमको आवश्यकताको हिसाबले कुनै पनि काम गर्न तयार छु। तीस वर्षीय यस ब्याटरले हालै अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो १० साल पूरा गरे। यसमाथि चर्चा गर्दै सेमसनले भने, हालै मैले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो १० साल पूरा गरे तर यस अवधि मैले लगभग ४० वटा म्याच मात्र खेल्न सके। यो आँकड़ा सानो लाग्न सक्छ तर यी सालहरूमा मैले जे-जति पनि चुनौतीहरूको सामना गर्नु पऱ्यो, त्यसले मलाई असल व्यक्तिको रूपमा विकसित हुने अवसर प्रदान गऱ्यो। मलाई आफ्नो करियरमाथि गर्व छ। देब्रे हातका ब्याटर सेमसनले २०१५-मा अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए। त्यसपछि उनले भारतको निम्ति १६ वटा वनडे र ४९ वटा टी२० अन्तर्राष्ट्रिय म्याच खेलेका छन्, जसमा उनले क्रमशः ५१० र ९९३ रन बनाएका छन्।