एएफसी एशियन कप क्वालीफायरको म्याचमा भारत समक्ष सिंगापुरको कठिन चुनौती

IMG-20251008-WA0140

सिंगापुर: भारतीय पुरुष फूटबल टीमले एएफसी एशियन कप क्वालीफायरको तेस्रो चरणमा बिहीवार सिंगापुरविरुद्ध महत्त्वपूर्ण म्याच खेल्नेछ। सुनिल छेत्री संक्षिप्त ब्रेकपछि टीममा फर्किएका छन् तर अधिकांश खेलाड़ीहरूले राष्ट्रिय शिविरमा मुश्किलले एक हप्ता अभ्यास गरेका छन्। भारत अहिले ग्रुप सी-मा सबैभन्दा तल रहेको छ। भारतीय टीमसँग केवल एक अंक रहेको छ। बंग्लादेशविरुद्ध गोलरहित (०-०) ड्र अनि हंगकंगविरुद्ध ०-१-को हारले भारतलाई नोक्सान भएको छ। यसरी सिंगापुर २ वटा म्याचमा ४ अंकको साथ ग्रुपको शीर्षमा रहेको छ। ग्रुपको शीर्ष स्थानमा रहने टीमलाई मात्र मुख्य ड्र-मा स्थान प्राप्त हुनेछ। यसैकारण भारतको निम्ति बिहीवारको म्याच गर या मर हुनेछ। मुख्य प्रशिक्षक खालिद जमीलको मार्गदर्शनमा भारतले सीएएफए नेशन्स कपमा तेस्रो स्थान हासिल गरेको थियो। यसपाली उनले सुनिल छेत्रीको साथमा ब्रेण्डन फर्नाण्डिस, सहल अब्दुल समद, फारुख चौधरी र लिस्टन कोलासो जस्ता खेलाड़ीहरूलाई मौका दिएका छन्। फिफा ऱ्याङकिंगमा भारत अहिले १३४औं र सिंगापुर १५८औं स्थानमा रहेको छ।
भारतीय टीम यसप्रकार छः
गोलकीपरः अमरिन्दर सिंह, गुरमीत सिंह, गुरप्रीत सिंह सन्धू।
डिफेण्डरः अनवर अली, हमिंगथनमाविया राल्टे, मुहम्मद उवैस, परमवीर, राहुल भेके, सन्देश झिंगन।
मीडफिल्डरः ब्रेण्डन फर्नाण्डिस, दानिश फारुक भट, दीपक तंगरी, मेकटर्न लुइस निकसन, महेश सिंह नाओरेम, निखिल प्रभु, सहल अब्दुल समद, उदान्ता सिंह कुमाम। फरवर्डः फारुख चौधरी, लालियानजुआला छांगटे, लिस्टन कोलासो, रहीम अली, सुनिल छेत्री, विक्रम प्रताप सिंह।
मुख्य प्रशिक्षकः खालिद जमील।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement