नाम्ची र सोरेङ जिल्लास्तरीय भलिबल प्रतियोगिताको फाइनलमा

IMG-20251008-WA0139

नाम्ची: नाम्चीमा शुरू भएको राज्यस्तरीय भलिबल प्रतियोगिताको दोस्रो दिनको सेमीफाइनल खेल अति नै रोमाञ्चकस्थितिमा सम्पन्न भयो। नाम्ची नगर परिषद परिसरमा सम्पन्न भएको सेमीफाइनल खेलमा सिक्किम युथ डेभलप्मेन्ट बोर्डका अध्यक्ष बसन्त योञ्जन मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। राज्य स्थापनाको ५०औं वर्षगाँठ महोत्सवको अवसरमा आयोजित राज्यस्तरीय भलिबल प्रतियोगिताको महिलावर्गको सेमी फाइनल खेलमा नाम्ची र मंगन जिल्ला बिजयी बन्दै फाइनलमा प्रवेश गरेको छ। यसरी नै पुरूषवर्गको खेलमा नाम्ची र सोरेङ जिल्ला फाइनलमा प्रवेश गरेको छ। पुरूष र महिलावर्गको फाइनल खेल बिहीबारको दिन हुने आयोजक समितिले जानकारी गराएको छ। आजको सेमी फाइनल खेलमा खेलकूद एवं युवा मामिला विभागका अधिकारीवर्ग, विद्यार्थीवर्ग, शिक्षक लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement