गेजिङ: लबिङ भीरकुनामा सहारा समाजको चौथो स्थापना दिवस सम्पन्न भयो। योकसम–टाशीडिङ समष्टिअन्तर्गत लबिङ गेरेथाङ ग्राम पञ्चायतको लबिङ भिरकुनामा आयोजित कार्यक्रममा खुल्ला फुटसल प्रतियोगिताको फाइनल खेलसंगै विविध सांस्कृतिक कार्यक्रमहरू सम्पन्न गरियो। यस अवसरमा वनस्पति बोर्डका अध्यक्ष एनबी सुब्बा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। समाजले स्थानीय युवाहरूमा खेलकुदप्रतिको रुचि जगाउने र समाजमा एकता, सद्भाव र सकारात्मक सोच प्रवर्द्धन गर्ने उद्देश्यका साथ गत २९ सेप्टेम्बरदेखि विभिन्न खेलकुद कार्यक्रमको शुरु गरेको थियो। दस दिनसम्म चलेको यस प्रतियोगितामा विभिन्न गाउँका टोलीहरूले प्रतिस्पर्धा गरेका थिए। प्रमुख अतिथिले समाजको निरन्तर सामाजिक योगदानको प्रशंसा गरे।









