चार खेलाड़ी भुवनेश्वर प्रस्थान

IMG-20251008-WA0136

गान्तोक: आगामी १० देखि १४ अक्टोबरसम्म भुवनेश्वरमा आयोजन हुने ४०औं जुनियर एथलेटिक्स च्याम्पियनशीपमा भाग लिन सिक्किम एथलेटिक्स एसोसिएशनका चारजना खेलाडीहरू आज भुवनेश्वर प्रस्थान भएका छन्। टोलीमा १८ र २० वर्ष भन्दा मुनिका किशोर-किशोरीहरू छनौट गरिएको थियो। प्रत्येक वर्ष आयोजना गरिने यस प्रतियोगिता एथलेटिक्स फेडरेसन अफ् इण्डियाद्वारा आयोजना गरिएको हो। उक्त टोलीको नेतृत्व प्रबन्धक एवं कोच चन्द्रमाया दासले गरेकीछन्। एसोसिएशनले सबै खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शनका निम्ति शुभकामना दिँदै सफल यात्राको कामना गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement