नाम्ची: शहरी विकास विभागले आज एक निरीक्षण अभियान चलायो। निरीक्षणको क्रममा पाल्छेन भोटिया र दिब्याराज प्रधानले सडक मिचेर घर निर्माण गरिएको फेला परेको बताइएको छ। घरमा लगाइने सुरक्षा पर्खाल आरक्षित सडकको जमीनमा निर्माण गरिएको भेटिएपछि शीघ्र भत्काउने निर्देश दिएको छ। निरीक्षणको क्रममा विभागका सहअभियन्ताले जमीन अतिक्रमण गरेर सुरक्षा पर्खाल लगाएको भनाइ छ। वाहनहरू सुचारूपमा आवातजावत गर्नको निम्ति पर्खाल भत्काउनु पर्ने निर्देश दिएको छ। निरीक्षण टोलीको नेतृत्व शहरी विकास विभागका उपनिर्देशक एसके राईले गरेका थिए भने टोलीमा सहायक टाउन प्लानर आदर्श शर्मा, कनिष्क अभियन्ता नितिन प्रधान, बजार अफिसर प्रतिमा सुब्बा र शहरी विकास विभागका प्रभारी विजय राई रहेका थिए।