राजनीतिक दलका प्रतिनिधिहरुसित चुनाउ अधिकारीको बैठक

IMG-20251008-WA0132

सोरेङ: मासिकरूपमा आयोजन गरिने इलेक्ट्रोल रेजिस्ट्रेसन अफिसर्स र राजनीतिक दलका प्रतिनिधिहरूबीच बैठक आज सोरेङ जिल्ला प्रशासन केन्द्रमा सम्पन्न भयो। उक्त सभामा अतिरिक्त जिल्लापाल दयाराम विष्ट, महकुमा अधिकारी साक्छुम लेप्चा, महकुमा अधिकारी (मुख्यालय) प्रेमकुमार सुब्बा लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। आज सम्पन्न सभामा पूनःनिरीक्षणमाथि छलफल गरियो। यस अवसरमा अधिकारीहरूले कार्यन्वय प्रक्रियाबारे जानकारी गराए। जुन भारतीय चुनाउ आयोगको मतदाता नामावली शुद्धीकरण एक भागकोरूपमा देशभऱि सञ्चालन भइरहेको छ। यस अवसरमा कुनै नागरिक एक स्थानदेखि अर्कोस्थानमा स्थानान्तरण भए भोटर कार्ड संशोधन, फोटो परिचय पत्र आदिबारे जानकारी गराउने जानकारी दिइयो. सोही प्रकारले चुनाउको समयमा राजनीतिक दलबाट नियुक्त गरिने बुथ लेभल एजेन्टबारे पनि समीक्षा गरियो। जिल्लाका सबै निर्वाचन क्षेत्रहरूमा वर्ष २०२२ भन्दा अघि मतदाताहरूको नामाङकन पूरा भएको र हालको आँकडासँग ६८ प्रतिशत मिलेको बताइयो। यसरी नै सभामा थप तीनवटा नयाँ मतदान केन्द्रहरू स्थापना गर्नुपर्ने विषयमाथि पनि छलफल गरिएको थियो। उक्त विषय विचाराधीन रहेको जानकारी पनि गराएको छ। यस सभामा सिक्किम क्रान्तिकारी मोर्चा, सिटिजन एक्सन पार्टीका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement