राज्यपाल माथुरको नवनियुक्त उपराष्ट्रपतिसित भेट

IMG-20251008-WA0131

गान्तोक: राज्यका राज्यपाल ओमप्रकाश माथुरले आज नयाँ दिल्लीमा देशका नवनियुक्त उपराष्ट्रपति सीपी राधाकृष्णनसँग शिष्टचार भेट गरे। भेटको क्रममा राज्यपाल माथुरले नवनियुक्त उपराष्ट्रपतिलाई सिक्किमका जनताको तर्फबाट बधाई एवं शुभकामना दिएका छन्। यस अवसरमा राज्यपाल र उपराष्ट्रपतिबीच सिक्किम राज्यसँग सम्वन्धित विकासका विषयहरूमा चर्चा परिचर्चा भएको थियो। भेटको क्रममा राज्यपालले नवनियुक्त राष्ट्रपतिलाई सिक्किम राज्यको स्थापना दिवसको अवसरमा तयार पारिएका स्मृति चिन्ह भेटस्वरूप प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement