खरसाङमा‌ मिरिक र अन्य क्षेत्रको पैह्रोमा ज्यान गुमाउनेहरुलाई श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

IMG-20251008-WA0123

खरसाङ: खरसाङको वार्ड नम्बर ७ मा गत ४ र ५ अक्टोबर मिरिक अनि अन्य क्षेत्रमा पैह्रोमा परेर ज्यान गुमाउने परिवारहरुलाई श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ‌। विशेष वार्ड नम्बर ७ सुबेदार बस्ती निवासी दिपबहादुर छेत्री, भवानी छेत्री र १२ वर्षीय नानी दिपिका छेत्री दशैंमा टीका लगाउनु मानेभञ्ज्याङ गएका थिए। ४ अक्टोबरको रातिको पानीले गएको पैह्रोमा सर्वपरिवारले ज्यान गुमाएका‌ थिए। मोहन गुरुङले सञ्चालन गरेको शोक सभामा पहिला २ मिनटकाे मौन धारण गरेपछि मृत परिवारबारे अमृत छेत्रीले जानकारी गराए अनि सबैले खर्दार्पण गरेपछि वार्ड नम्बर ७ को साई समितिले लोवर शेर्पा बस्तीबाट साई भजन गरियो।

सबैले मोमबत्ति बालेर शोक प्रकट गरियो। कार्यक्रममा विशेष सभासद श्याम शेर्पाको उपस्थित थियो अनि उनले वक्तव्य पनि राखेको थिए। सभामा वार्ड नम्बर ७ का मानिसहरु उपस्थित रहेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement