सभासद नवराज छेत्रीद्वारा घैयाबारीको‌ पैह्रो क्षेत्रको भ्रमण

IMG-20251008-WA0120

खरसाङ: महानदी तीनधारे समष्टिको घैयाबारी क्षेत्रमा गत ५ अक्टोबरमा गएको पैह्रो क्षेत्रको क्षेत्रीय सभासद नवराज छेत्रीले भ्रमण निरीक्षण गरेका छन्। उनले घैयाबारीको लोवर गैरी गाउँस्थित, एपी बस्ती अनि नेताजी हाई स्कूलको खेल मैदानमा गएको पैह्रोग्रस्त क्षेत्रको महानदी-तीनधारे समष्टिका सभासद नवराज छेत्रीले भ्रमण गरेका छन्। उनको उक्त भ्रमणको समयमा घैयाबारी ग्राम पञ्चायत तीनका पञ्चायत प्रधान सुष्मा वाईबा, उप – प्रधान केवल राई, पञ्चायत समिति सदस्या कुसुम तामाङ अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी तीनधारे समष्टिका प्रवक्ता बिपन विश्वकर्मा पनि उपस्थित रहेका थिए। सभासद नवराज छेत्रीले घैयाबारी क्षेत्रमा गएको पैह्रो निरीक्षण गर्नुको साथै पैह्रो पिढीत परिवारहरुलाई सक्दो सहयोग गर्ने आश्वासन दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement