खरसाङ: खरसाङको रोहिणी रोड (सुवास घिसिङ मार्ग) निर्माणको कार्य शुरु भएको छ। गत ५ अक्टोबरको बिहानै पैह्रोले तानेपछि बन्द भएको रोहिणी रोड खोलाउन निर्माण कार्य शुरु गरिएको छ भने रोहिणी रोड खोलाउन लगभग एकदेखि डेढ महिना कि त डेढदेखि दुई महिना लाग्न सक्ने बताइएको छ। खरसाङको गौरी शंकर चियाबारीदेखि केही मुनि रहेको रोहिणी रोडमा पैह्रो गएपछि दार्जिलिङ र खरसाङबाट सिलगढी जाने सबै गाडीहरु राष्ट्रिय राजमार्ग ११० भएर कुदिरहेको छ भने रोहिणी रोड खोलाउन सडक मरमत्तिको कार्य शुरु गरिएको छ। पैह्रोले वाधित रोहिणी रोडको मरमत्तिको लागि मंगलबारदेखि चियाबारी क्षेत्रबाट जेसीबी लगाएर मरमत्तिको लागि शुरु गरिएको थियो भने बुधबार जेसीबी पैह्रो क्षेत्रमा आएर पैह्रो मरमत्तिको लागि कार्य थालिएको छ। अब पैह्रो क्षेत्रमा अझ अर्को पनि जेसीबी लगाएर मरमत्तिको कार्य गरिने बताइएको छ। यसको साथै अहिले श्रमिकहरुले पनि मरमत्तिको कार्य शुरु गरेका छन् भने मौसम सठीक भएर अधिक मात्रामा श्रमिकहरु लगाएर साथै दिन अनि रातमा पनि कार्य शुरु गरिने बताइएको छ। यसको लागि राती काम गर्नको लागि लाइट लगाउने व्यवस्था गरिने भएको छ। हालमा रोहिणी रोड भएर केवल बाइक र स्कुटीहरु मात्रै कुदिरहेका छन् भने गाडीहरु सबै बन्द छ। रोहिणी रोडमा गएको पैह्रो मरमत्तिको लागि कार्य अहिले युध्द स्तरमा चलिरहेको छ। जेसीबी मशीन चलिरहेको छ भने श्रमिकहरुले काम गरिरहेका छन्। त्यसरी नै रोड मरमत्तिको लागि माल सामानहरु झार्ने कार्य पनि चलिरहेको छ। रोहिणी रोडमा पैह्रो मरमत्तिको कार्य खरसाङ ईञ्जिनियरिङ डिभिजनद्वारा भईरहेको छ। यस कार्यमा केएडीका सहायक अभियन्ता सुदन बराईली, देवाशिष रुम्बा, ठेकेदार चन्दन तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। अब मौसम अनुकूल रहे दुईवटा जेसीबी र श्रमिकहरु पनि बढाएर पैह्रो मरमत्तिको कार्य युध्द स्तरमा गरिने बताइएको छ। रोहिणी रोडमा पैह्रो मरमत्तिको कार्य शुरु गरिएको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ ईञ्जिनियरिङ डिभिजनका सहायक अभियन्ता सुदन बराइलीले रोहिणी रोडमा पैह्रो मरमत्तिको कार्य शुरु गरिएको छ बताउँदै शुरुमा बगानबाट एनओसी लिएर जेसीबी लगाउने कार्य गरिएको र जेसीबी पैह्रो क्षेत्रमा आएर अहिले कार्य युध्द स्तरमा चलिरहेको बताएका छन्। उनले मौसमले साथ दिएमा यो एक लगभग डेढदेखि दुई महिनाभित्रमा पूरा गरिने जानकारी गराएका छन्। सहायक अभियन्ता सुदन बराईलीले मौसम अनुकूल रहेमा बिहीबारदेखि फाउण्डेशनको कार्य थालिने पनि बताएका छन्। यसको लागि आरसीसी बाल गरेर कार्य गरिने बताएका छन्।

पत्रकारहरुलाई सम्बोधन गर्दै यस कामको ठेकेदार चन्दन तामाङले रोहिणी रोडमा पैह्रो मरमत्तिको कार्य शुरु गरिएको छ र अहिले काम एकदमै युध्द स्तरमा चलिरहेको बताएका छन्।उनले मौसमले साथ दिएमा श्रमिकहरु पनि बढाएर कार्य गरिने र जतिसक्दो छिटो गरेर काम पूरा गर्ने बताए। उनले यस कामको लागि दिन साथै रातमा पनि काम गर्ने योजना रहेको र कामको लागि माल सामानहरु सबै झार्ने काम चलिरहेको र अब दुईवटा जेसीबी लगाएर पैह्रो मरमत्तिको कार्य गरिने अनि लगभग डेढ महिनाभित्रमा रोहिणी रोड खोलाउन प्रयास गरिने पनि बताएका छन्।