पाल्देन भोटियाको निधनमा मुख्यमन्त्रीद्वारा गहिरो दु:ख प्रकट

n6841603681759859340996b3cd364a4c4c04b2a9b7fd7e04d3b54e8552a70ecf5299ef6a0ee1ef19c8bf23

गान्तोक: एसकेएम पार्टीका संस्थापक सदस्य पाल्देन भोटियाको निधनमा मुख्यमन्त्री प्रेमसिंह तामाङले गहिरो दु:ख प्रकट गरेका छन्। मुख्यमन्त्री आज स्वर्गीय भोटियाको नाम्ची जिल्ला अन्तर्गत डॉंड़ागाउॅं, तुरुकस्थित घर पुगेर श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे।
मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक पोस्टमा स्वर्गीय पाल्देन भोटियाको जीवनले साँचो समर्पण, निष्ठा र निस्वार्थ सेवालाई प्रतिबिम्बित उल्लेख गरेका छन्। एसकेएम पार्टीका संस्थापक सदस्य र बलियो समर्थकहरू मध्ये एकको रूपमा उनले आफ्नो नम्रता, प्रतिबद्धता र जनता तथा संगठनको लागि इमान्दार प्रयासहरू मार्फत धेरैलाई प्रेरित गरेको मुख्यमन्त्रीले बताएका छन्। विशेष गरी कठिन समयमा उनको योगदानलाई सधैं कृतज्ञता र सम्मानका साथ स्मरण गरिने छ भनी उनले बताएका छन्।
दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै यस दु:खको समयमा परिवारलाई शक्ति मिलोस् भनी मुख्यमन्त्रीले प्रार्थना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement