गान्तोक: गत ६ अक्टोबरको दिन भारतका कार्यवाहक उच्चायुक्त राजदूत कार्तिक पाण्डेले लन्डनको इन्डिया हाउस एल्डविचमा आयोजना गरेको स्वागत समारोहमा सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा, सिक्किम विधानसभा सचिवालयका सचिव तथा प्रमुख निर्देशकले सहभागिता जनाए। यसअघि सीपीए सिक्किम शाखाको प्रतिनिधिमण्डलले लन्डनको राष्ट्रिय ग्यालेरी र ब्रिटिश संग्रहालयको पनि भ्रमण गरेका थिए। लोकसभा अध्यक्ष ओमबिरलाको नेतृत्वमा भारतीय प्रतिनिधिमण्डलले ६-१२ अक्टोबरसम्म ब्रिजटाउन, बार्बाडोसमा आयोजना हुने ६८ औं राष्ट्रमण्डल संसदीय सम्मेलन र ४१औं राज्य सम्मेलनमा भाग लिनेछन्।