मंगन: लालबहादुर छेत्रीले आजदेखि मंगन जिल्लाका पुलिस अधीक्षकको पदभार सम्हालेका छन्। आज उनलाई मंगन पुलिसद्वारा गार्ड अफ् अनर प्रदान गरियो। उल्लेखनीय छ, यसभन्दा अघि उनी याङगाङ पुलिस ट्रेनिङ सेन्टरमा अतिरिक्त पुलिस अधीक्षककोरूपमा कार्यरत थिए। आज उनलाई मंगन जिल्लाका पुलिस अधिकारीहरूले भव्यरूपमा स्वागत जनाउँदै नयाँ पुलिस अधीक्षकका रुपमा स्वागत गरे। उनको आगमनले मंगन जिल्ला पुलिस प्रशासनको नेतृत्वमा नयाँ चरणको शुरुवात भएको र जसको उद्देश्य क्षेत्रमा कानून व्यवस्था कायम राख्नु र सामुदायिक पुलिसलाई सुदृढ पार्नु रहेको छ।