विभागीय रेभन्यू विस्तार गर्ने दिशामा विद्युत विभाग

IMG-20251007-WA0169

गान्तोक: रातेपानी-नामथाङ निर्वाचन क्षेत्रका विधायक एवं विद्युत विभागका सल्लाहकार सञ्जीत खरेलको अध्यक्षतामा बसेको एक बैठकले एलएलएचपी र विद्युत विभागको टोपा सर्कलमाथि छलफल गऱ्यो। उक्त समन्वय सभा रानीपुलस्थित सरमसा गार्डनमा आयोजित गरिएको हो। सभामा विद्युत विभागका सचिव विकास देवकोटा लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै विधायक खरेलले राजस्व विकासलाई सुदृढ पार्न विभिन्न डिभिजनहरूबीच समन्वय बनाउनु पर्ने साथै विभागका परियोजनाहरूलाई समयमा नै सम्पन्न गराउन सुनिश्चित गर्नुपर्ने कुरामा जोड़ दिए।

About Author

Advertisement