सिक्किमकी अविष्ट बस्नेत फेरि यू-१७ राष्ट्रीय टोलीमा

IMG-20251007-WA0167

गान्तोक: सिक्किमकी छोरी अविष्ट बस्नेतले आागामी वर्ष चीनमा हुने अण्डर-१७ एशियन कप वुमन्स फूटबल टुर्नामेन्टको क्वालिफायर्समा भारतको प्रतिनिधित्व गर्नेछिन्। आगामी १३ देखि १७ अक्टोबरसम्म किर्गिस्तानमा हुने क्वालिफायर्सको निम्ति घोषित भारतीय टोलीमा पाकिमकी १४ वर्षीय मिडफिल्डरलाई पनि सामेल गरिएको छ।
उल्लेखनीय छ, क्वालिफायर्समा भारत आयोजक किर्गिस्तान र उजबेकिस्तानसँग ग्रूप सी-मा छ। ग्रूपको शीर्ष दलले पाउनेछ १२ वटा देशले चीनमा आगामी वर्ष हुने एशियन कपमा स्थान पाउनेछ।
स्मरण रहोस, हालै भूटानमा सम्पन्न अण्डर-१७ साफ गेममा उत्कृष्ठ प्रदर्शनीसँगै देशको महिला फूटबल जगतमा दर्बिलो उपस्थिति दर्ता गराउन सफल बनेकी छिन सिक्किमकी अविष्ट बस्नेत। यसपल्ट पनि उत्कृष्ठ खेल देखाएर फेरि एकपल्ट भारत र सिक्किमलाई गौरान्वित तुल्याउने छिन् भन्ने खेलप्रेमीहरूको आशा साचेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement