प्रशिक्षक गम्भीरले गर्दा सीनियर खेलाड़ीहरू सन्न्यास लिन वाध्य भइरहेको आरोप लगाए तिवारीले

IMG-20251007-WA0165

नयाँ दिल्ली: पूर्व भारतीय क्रिकेटर मनोज तिवारीले वर्तमान मुख्य प्रशिक्षक गौतम गम्भीरमाथि फेरि आरोप लगाएका छन्। तिवारीको भनाइअनुसार, गम्भीरले प्रशिक्षक पद सम्हालेपछि टीममा बनाएको माहोलले गर्दा विराट कोहली, रोहित शर्मा र रविचन्द्रन अश्विन जस्ता दिग्गज खेलाड़ीहरू समयभन्दा अघि नै सन्न्यास लिन वाध्य भइरहेका छन्। अश्विनले अष्ट्रेलिया यात्राको अवधि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए जबकि रोहित र कोहलीले यस साल ईंग्ल्याण्ड यात्राको ठीक अघि टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए। मनोज तिवारीले भने, टीममा अश्विन, रोहित या विराट जस्ता खेलाड़ीहरू रहे उनीहरूले अनुभवको दममा प्रशिक्षकको फसेलामाथि प्रश्न उठाउन सक्छन्। यो कुरा गम्भीरले मन पराउँदैनन्। यसैकारण यी खेलाड़ीहरू नै टीममा नरहोस् भन्ने सुनिश्चित गरिएको छ। गम्भीर प्रशिक्षक बनेपछि धेरै कुराहरू ब‌द्लिएको छ। धेरै विवाद भयो। मेरो विचारमा यो भारतीय क्रिकेटको निम्ति असल संकेत होइन। तिवारीले गम्भीरलाई प्रशिक्षक बनाइएपछि चयन र फसेलाहरूलाई लिएर लगातार अस्थिरता देखिएको दावी गरेका छन्। उनले भने, कहिले कुनै खेलाड़ीलाई अचानक टीममा सामेल गरेर लगत्तै म्याच खेल्ने मौका दिइन्छ जबकि केही योग्य खेलाड़ीहरू बेञ्चमै बसिरहेका हुन्छन्। फसेलाहरूमा निरन्तरताको कमी देखिएको छ। यो टीमको माहोलको निम्ति सही होइन। यसले खेलाड़ीहरूका मनोबललाई पनि ठेस पुग्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement