दार्जिलिङमा गोजमुमोको १८औं स्थापना दिवस सम्पन्न

IMG-20251007-WA0158

‘जीटीआर चाढै हुन् आटेको छ, तर केन्द्र सरकारले दिसम्बर २०२५ सम्म जीटीआर दिएन भने हामी बाटो बिराउनेछौँ र फेरि कमलको फूल फुल्न दिने छैनौं: बिमल गुरुङ

दार्जिलिङ: गोर्खा जनमुक्ति मोर्चाले आज दार्जिलिङको मोटर स्ट्याण्डमा आफ्नो १८औं स्थापना दिवस मनाएको छ। उक्त १८औं स्थापना दिवस कार्यक्रममा बोल्दै गोजमुमो अध्यक्ष बिमल गुरुङले गृहमन्त्री अमित शाहलाई भेटेको र उनले यस क्षेत्रका जनताका लागि धेरै कुराको आश्वासन दिएको बताए। छुटेका ११ जनजाति दिसम्बर २०२५ भन्दा अगाडि हुने आश्वासन दिए। उनले थप भने, यदि भाजपा सरकारले त्यसो गर्न असफल भयो भने उनले पहाडमा फेरि कमल फुल्न दिने छैनन् भनी बताएका छन्। गोजमुमो अध्यक्ष बिमल गुरुङले भने, ‘जीटीआर चाढै हुन् आटेको छ, यसैले सम्पूर्ण राजनैतिक दलहरु एक हुन् जरुरी रहेको छ। तर केन्द्र सरकारले दिसम्बर २०२५ सम्म जीटीआर दिएन भने हामी बाटो बिराउनेछौँ र फेरी कमलको फूल फुल्न दिने छैनौं।’


अर्कोतर्फ उनले नयाँ र युवा नेताहरूलाई लडाईं जारी राख्न अगाडि बढ्न संकेत पनि गरे र उनी अभिभावकको रूपमा त्यहाँ रहनेछन्। उनले आगामी २०२६ को चुनावमा पहाडका सबै दलहरूले एकल उम्मेदवार छान्न पनि अनुरोध गरे। उनले मुख्यतया पहाडको विकासका लागि सबै राजनीतिक दलहरूको एकतामा जोड दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement