भारतीय गोरखा परिसंघको मिरिक महकुमा समिति गठन

FB_IMG_1664039406930.jpg

मिरिक: भारतीय गाेर्खा परिसंघ मिरिक महकुमा समिति गठन गरिएकाे छ।
भारतीय गोर्खा परिसंघको अध्यक्ष मुनिष तामाङकाे उपस्थितिमा शनिबार मिरिकमा भएकाे एउटा सभामा गठन भएकाे भागाेप मिरिक महकुमा समितिका अध्यक्ष केसाङ लामा, उपाध्यक्षहरू याेगेस गुरूङ, राणु देवान, सचिव विनाेद खाती, सह सचिवहरू संजय स्याङ्बाे,दिपेन गुरूङ, काेषाध्यक्ष विवेक प्रधान, आरबी साश्ङकर, आन्तरिम जाँचक अमृत प्रधान लगायत १४ जनालाई कार्यकारी सदस्यकाेरूपमा चयन गरिएकाे छ। सभापछि बाेल्दै भागाेप अध्यक्ष मुनिष तामाङले भारतीय गोर्खा परिसंघको ३ दिने छैटौं त्रैवार्षिक सभा असमको कोक्राझारमा भएपछि भागाेप संगठन विस्तारमा सक्रिय भएकाे अनि यही क्रममा शनिवार मिरिकमा साँगठनिक सभा साथै कमिटि गठन गरिएकाे बताए।तिनले हाल भागाेप साँगठनिक विस्तारमा सक्रिय लागि परेकाे जानकारी गराँउदै भागाेपले आठ बुँदे घोषणा पारित गरेको छ।साेही आधरमा परिसंघले कार्य गर्नेछ भने। तिनले भागाेपकाे आठवटा बुदाँहरूबारे जानकारी गराँउदै पहिलाे
भारतीय गोरखा परिसंघले गोर्खाल्याण्ड राज्य निर्माणको मांग प्रति आफ्नो प्रतिबद्धता पुन: जनाउँदछ र भारत सरकारलाई गोर्खाहरूको दीर्घकालीन संवैधानिक मांग पूरा गर्ने आग्रह गर्दछ भने।तिनले दाेस्राे भारतका सबै राज्यहरूमा गोर्खाको संवैधानिक, राजनैतिक, अनि कानुनी हक प्राप्तिको निम्ति कार्य गर्न प्रतिबद्ध छ रहेकाे अनि तेस्राे भारतीय गोर्खा परिसंघले गोर्खाहरूका छोडिएका जातिलाई चांडै अनुसूचित जनजातिमा सम्मिलित गर्ने भारत सरकारसंग मांग गर्ने रहेकाे बताए।तिनले चाैथाे भारतीय गोर्खा परिसंघ असमका मुख्यमन्त्री हिमन्त बिस्व शर्माको नेतृत्वमा रहेको असम सरकार र बीटिआरलाई सीइएम, प्रमोद बोरोको नेतृत्वमा रहेको बीटीआरको गोर्खाहरूप्रति सद्भावको निम्ति धन्यवाद प्रकट गरेकाे बताँउदै चाैथाे बेल्ट र ब्लकहरूमा प्राेटेक्टेट क्लासको दर्जा प्रदान गरेकोमा धन्यवाद दिंदै सोही प्राेटेक्टटेट क्लास भीजीआर, पीजीआर, फरेष्ट ल्याण्ड आदि क्षेत्रमा पनि गोर्खालाई प्रदान गर्ने मांग अनि पाँचाै भारतीय गोर्खा परिसंघले आसाम राज्यमा गोर्खा स्वायत्त परिषद्को मागलाई समर्थन गर्ने, छैटाैभारतीय गोरखा परिसंघले गोर्खा समुदायबाट परिषद्को निर्वाचित सदस्य बन्ने अवसर सिर्जना गर्न स्वायत्त क्षेत्रको प्रशासनलाई आह्वान गरेको छ। समुदायका लागि विशिष्ट निर्वाचन क्षेत्रहरू सिर्जना गरियोस भन्ने माग, साताै गोर्खा समुदायका सदस्यहरूलाई राज्यसभा र विभिन्न संवैधानिक पदमा मनोनयन गर्न भारतीय गोरखा परिसंघले भारत सरकारलाई आग्रह अनि आठाैभारतका सबै गोर्खा संगठनहरूसँग ऐक्यबद्धतामा काम गर्न भारतीय गोर्खा परिसंघ प्रतिबद्ध रहेकाे बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *