खरसाङ: बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले अहिले पहाड र गोर्खा जातिमाथि दु:ख परेको छ तर अहिले यस्तो स्थितिमा मासु भात खानु र नाँच्ने समय होइन भनी बताएका छन्। उनले गोर्खा जनमुक्ति मोर्चाको स्थापना दिवसमा शुभकामना व्यक्त गर्दै गोर्खा जातिको प्रतिनिधित्व गर्ने पार्टी भनेर मानिलिए पनि यसरी सम्पूर्ण पहाड नै दु:खमा परेको बेला यसरी खुशी मनाउन नहुने मन्तव्य व्यक्त गरेका छन्। बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले अहिले हाम्रो जातिमा दु:ख परेको छ अनि यतिबेला सम्पूर्ण राजनीतिक पार्टीहरु र संघ संस्थाहरु मिलेर काम गर्नु पर्ने हो तर नाँच्ने दिन होइन भनी बताएका छन्। उनले सम्पूर्ण पहाड शोकमा डुबेको छ। तर गोर्खा जातिको नाममा बेच बिखन र मौका मात्र खोज्दो रहेछ भन्ने कुरा पहाडका नेताहरुले देखाएका छन् र यस विषयमा जनताले पनि बुझ्नुपर्छ भनी आरोप लगाएका छन्। उनले भने, हामीलाई कसैले लुट्दो रहेछ भने हाम्रै मान्छेले लुट्दो रहेछ। मौका मात्र खोज्ने पार्टीलाई जनताले मौका दिनु हुँदैन। आज सानो जनसभा गर्ने के मौका दिएको थियो सम्पूर्ण पहाडको दु:ख नै बिर्सियो।’
उनले गोजमुमो पार्टीको नाम लिएर बोल्दै भने मलाई पार्टीबाट निकालेको भन्दैछ तर म आफै निस्केको हो भनी बताएका छन्।