अण्डर-१४ लीग कम् नक्आउट फूटबलः चैतेपानी एफसी-को ठूलो जीत

IMG_20220924_155015.jpg

२४ सेप्टेम्बरः खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (केजीएचएसए)-को तत्त्वावधानमा आठौं अण्डर-१४ लीग कम् नक्आउट फूटबल टुर्नामेण्ट शनिवारदेखि शुरु भयो। स्थानीय मण्टिभियट खेल मैदानमा जारी यस सेभेन ए साइड टुर्नामेण्टमा आज पहिलो दिन तीनवटा म्याच खेलियो। दिनको पहिलो म्याचमा चैतेपानी एफसी-ले साई सुन्दरम स्कूल (दिलाराम)-लाई ६-२-ले पराजित गऱ्यो। विजेता टीमबाट म्याचमा सुशान्त गोलेले ह्याट्रिकसहित ४ गोल गरे। यसबाहेक सागर तामाङ र जिग्मी दोर्जेले पनि १-१ गोल गरे। यसरी नै साई सुन्दरम स्कूलबाट प्रियांश छेत्री र एस लोम्जेलले गोल गरे। टुर्नामेण्टमा जम्मा ६ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। दुईवटा ग्रुपबाट विजेता र उपविजेता टीमले सेमिफाइनलमा स्थान बनाउनेछ। दुईवटा सेमिफाइनल १ अक्टोबर अनि फाइनल २ अक्टोबरमा खेलिने आयोजक केजीएचएसए-का महासचिव निर्मल गुरुङले बताएका छन्।

About Author

Advertisement