नयाँ दिल्ली: लामो समयदेखि देशमा ५जी मोबाइल सेवाको प्रतीक्षामा थियो। अब १ अक्टोबरदेखि देशमा ५जी सेवा शुरु हुने समाचार छ। प्रधानमन्त्री नरेन्द्र मोदीले इण्डिया मोबाइल कांग्रेसमा यो सेवाको शुभारम्भ गर्नेछन्। इण्डिया मोबाइल कांग्रेस दिल्लीको प्रगति मैदानमा आयोजित हुनेछ। यससँगै अमेरिकामा फाइभजी सेवालाई लिएर उड्डयनका विषयमा उठेको शंका पनि हटेको छ। यस विषयमा अध्ययन गरिसकेपछि दूरसञ्चार मन्त्रालयले विज्ञप्ति जारी गर्दै मुलुकमा कुनै समस्या नआउने बताएको छ। यस समस्याको बारेमा आईआईटी मद्रासमा एक अध्ययन गरिएको थियो। आईआईटीको अध्ययन अनुसार ग्यापिङका कारण अमेरिकामा हुने समस्या भारतमा नपर्ने बताइएको छ। तपाईलाई यो सेवाबाट के फाइदा हुनेछ जानौं:
- द्रुत इन्टरनेट सेवा, केही सेकेन्डमा उच्च गुणस्तरका भिडियोहरू, फोटोहरू र कागजातहरू डाउनलोड गर्न सक्षम हुनेछl
- ५जी सेवामा मोडेमले १ वर्ग किलोमिटरमा १ लाख सञ्चार उपकरणलाई सपोर्ट गर्नेछ।
- ५जी सेवा ४जी भन्दा १० गुणा छिटो हुनेछ।
- ५जी सेवाले थ्रीडी होलोग्राम कलिङ, मेटाभर्स र एजुकेशन एप्समा नयाँ क्रान्ति ल्याउनेछ।
५जी सेवा क्रान्ति साबित हुनेछ। शिक्षा, स्वास्थ्य र आकस्मिक सेवामा होलोग्रामको माध्यमबाट सुदूर क्षेत्रमा ठूलो परिवर्तन देख्न सकिन्छ। चाहे त्यो सुदूर क्षेत्रमा व्याख्यान होस् वा स्वास्थ्य सेवाको जानकारी होस् वा कुनै आपतकालीन, यसमार्फत सम्पर्क र सूचनाको आदानप्रदान सजिलै गर्न सकिन्छ।










