परेको बेला सबैले सहयोग गरिदिने सभासद श्याम शेर्पाको अपिल
खरसाङ: आईतबार राति आएको विकराल वर्षाले खरसाङ नगरपालिका अन्तर्गत पर्ने वार्ड नम्बर दुईकोे सुनौलो परिवार समिति भवनको गोलाई तल्लो पाखाबाट अब्राहम बस्तीमा भयावह पैह्रो जाँदा त्यहाँका स्थानीय निवासी विरुना राई, अन्जन तामाङकाे घर पैह्रोको चपेटमा आएर क्षति पुगेको थियो। त्यसरी प्रनेश भित्रीकोटीकोे घर आंशिक रूपमा क्षति भएको थियो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टाउन कमिटी लगायत वार्ड नम्बर दुई टेकवीर युवा शक्ति प्रशाखा अनि प्रगति गाउँ प्रगति समाजका सदस्यहरू उपस्थित भएर पैह्रोको हिलो माटो पूर्ण रूपमा सफा गरी सहयोग पुराएको जानकारी प्राप्त भएको छ। विगत वर्ष पनि पनि यसरी नै पैह्रो आएर क्षति पुग्दा उनीहरूले सम्बन्धित निकायसँग जोगाजोग गरेर सहयोग गरिदिन भनी निवेदन गरे पनि कुनै प्रकारकाे पहल नगरी दिएको गुनासो पोख्दै प्रत्येक वर्ष हुने यस प्रकारको भल पैह्रोले गर्दा ठूलो घटना हुन सक्ने सम्भावनालाई गम्भीरतासँग लिएर उचित कार्य गरिदिने विपेन्द्र राई अनि उनकी पत्नी बिरुना राईले पुनः निवेदन गरेका छन्। यसरी परेको खण्डमा सहयोग पुर्याउन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टाउन कमिटीका पदाधिकारीहरु र वार्ड नम्बर दुई युवा शक्ति प्रशाखाका पदाधिकारीहरु लगायत टेकवीर बस्ती, प्रगति गाउँ, प्रगति संघका सदस्यहरूले सर सफाई गर्न बिहानदेखि नै उपस्थित रहेको बताइएको छ। यसरी नै अखिल भारतीय गोर्खा विद्यार्थी महासंघका खरसाङ महकुमा समितिको पदाधिकारीहरु, खरसाङ महाविद्यालयका एकाई, खरसाङ पोलिटेकनिक एकाई अनि अन्यहरु पनि परेकोमा सहयोग पुर्याउन उपस्थित थिए। यस सहयोग कार्यमा 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिको सभासद श्याम शेर्पा, भागोप्रमो महकुमा समिति युवा शक्तिका अध्यक्ष प्रेमेन्द्र गुरुङ अनि सदस्यहरुद्वारा क्षति भएका घरका निरीक्षण गरे साथै घरका सदस्यहरूसँग भेटघाट गरी यथासम्भव पूर्ण सहयोग गर्ने आश्वासन दिएको जानकारी प्राप्त भएको छ। यसरी नै बिहानदेखि सहयोग गर्न उपस्थित भएका मानिसहरूको निम्ति दिउँसोकोे भोजनकाे व्यवस्था प्रगति गाउँ, प्रगति समाजबाट व्यवस्था गरिएको थियो। यस पैह्रो निरीक्षण विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सभासद श्याम शेर्पाले भने, खरसाङको टेकवीर बस्तीको पैह्रो निरीक्षणमा आएको र यहाँ घरहरु क्षतिग्रस्त बनाएको छ भने चारवटा परिवारहरुलाई गाउँकै समाज घरमा दुई दुई परिवार गरेर सुरक्षित सारिएको बताए। उनले प्राकृतिक प्रकोपको समय सबै अघि आएर सहयोग गरिदिने अपिल गरेका छन्। उनले यो घडीमा सबै मिलेर सहयोग गरिदिने पनि निवेदन गरेका छन्।

पत्रकारहरुलाई सम्बोधन गर्दै युवा शक्ति खरसाङ महकुमा समितिको सभापति प्रेमेन्द्र गुरूङले पैह्रो पिढीतहरुलाई सुरक्षित स्थानमा सारिएको र सबैले मिलेर सहयोग गरेको जानकारी गराएका छन्। यस क्रममा खरसाङ टाउन कमिटी अनि प्रगति गाउँ प्रगति समाजका मूल सचिव बीरबल पाख्रिनले सहयोग गर्ने सबैप्रति धन्यवाद प्रकट गरेका छन्।