सोनादा: अविरल वर्षाका कारण सोनादादेखि मुनितिर मिलिङ बस्ती जाने रोड पूर्ण रुपमा बन्द भएको छ। रोड बन्द हुँदा यस क्षेत्रको जनतालाई यातायातमा धेरै असुविधा भईरहेको छ। स्थानीयहरुको उक्त असुविधालाई ध्यानमा राखेर सोनादा पुलिस आउट पोष्टको प्रभारी योगेस ठकुरी अघि आएर जेसीबीको व्यवस्था गरेर जेसीबीको माध्यमबाट बन्द रहेको रोड खोलाउन कार्य गरिएको जानकारी प्राप्त भएको छ। सोनादा पुलिस अनि टिमको उक्त सराहनीय कार्यको लागि स्थानीयहरुले धन्यवाद दिएका छन्। यो रोड भएर प्रसिद्ध पर्यटकीय स्थल इन्द्रेणी फल्स जाने गरिन्छ। यसको साथै यस क्षेत्रमा रोड बन्द हुँदा ४ जना पर्यटकहरु फँसेका थिए। यसको साथै सोनादा पुलिस आउट पोष्टको प्रभारी योगेस ठकुरीको सहयोग र पहलमा गाडीको व्यवस्था गरेर पठाउने कार्य गरिरहेको जानकारी प्राप्त भएको छ।