राज्यसभा सांसद हर्षवर्धन श्रृङ्गलाद्वारा दुधेको भत्किएको पुलको निरीक्षण

IMG-20251006-WA0126

जनताको लागि लाइफ लाइन रहेको यो पुल बनिन आवश्यक छ: हर्षवर्धन श्रृङ्गला

खरसाङ: राज्यसभा सांसद हर्षवर्धन श्रृङ्गलाले आज दुधेको भत्किएको पुलको निरीक्षण गर्नुको साथै दुधे क्षेत्रको बाढ पीढीतहरुसित बातचीत पनि गरेका छन्। उनले यस अवधि दुधेको पुल चाँडै निर्माण गर्न आवश्यक रहेको जनाउँदै यसको निम्ति भारतीय सेनाको उच्च अधिकारीहरूसँग सम्पर्क स्थापित गरिरहेको जनाए। राज्यसभा सांसद हर्षवर्ध्दन श्रृंखलाले यहाँ अस्थायी रुपमा बेली ब्रिज बनिन आवश्यक रहेको‌ बताउँदै यस पूल निर्माणको लागि कार्य चाढै शुरु हुने आश्वासन दिएका छन्।

उनले यो यस क्षेत्रको जनताको लागि लाइफ लाइन रहेको र यो बनिन आवश्यक रहेको पनि बताए। उनले यसावधि दुधे क्षेत्रको बाढ पीढीतहरुसित बातचीत गरेको‌ पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement