आँखामा आँशुको साथ टेनिस खेलबाट बिदा लिए फेडररले

IMG-20220924-WA0079.jpg

२४ सेप्टेम्बरः टेनिस जगतका महानतम् खेलाड़ीहरूमा एक स्विट्जरल्याण्डको रोजर फेडररले शुक्रवार आफ्नो करियरको अन्तिम टुर्नामेण्ट लेवर कपमा पराजयको साथ खेलबाट सन्न्यास लिए। लेवर कप उनको स्वर्णिम करियरको अन्तिम टुर्नामेण्ट हुने फेडररले अगावै घोषणा गरेका थिए। आफ्नो अन्तिम टुर्नामेण्टमा फेडररले स्पेनिश दिग्गज रफायल नडालसँग जोड़ी बनाएका थिए। फ्रान्सेस टियाफो र ज्याक सकको अमेरिकी जोड़ी विरुद्ध खेल्दै म्याचमा फेडरर र नडालको जोड़ी ४-६, ७-६ (२), ११-९-ले हारको सम्मुखीन भयो। आफ्नो गौरवशाली करियरमा २० वटा ग्राण्ड स्ल्याम खिताब जित्ने ४१ वर्षीय स्विस् दिग्गजलाई म्याचपछि निक्कै भावुक देखियो।

भावुक फेडरर टेनिस कोर्टमा धुरुधुरु रोए। फेडरर कोर्टमा बीचमा आउँदा दर्शकहरूले उभिएर दिग्गज खेलाड़ीलाई अभिवादन जनाए। टेनिस कोर्टमा आफ्ना दुई चीरप्रतिद्वन्द्वी खेलाड़ी सर्बियाका नोवाक जोकोविच र नडालले पनि भावनालाई काबूमा राख्न सकेनन्। जोकोविच र नडाललाई पनि कोर्टमा रोइरहेको देखियो। फेडरर आफ्नो पेशादार करियरको अन्तिम म्याचमा पोल्याण्डका ह्यूबर्ट हूरकाज विरुद्ध विम्बल्डनको क्वार्टर फाइनलमा हारेका थिए। त्यसपछि घुँड़ाको चोटले गर्दा उनी लामो समयदेखि खेलदेखि बाहिर रहेका थिए। फेडररले आफ्नो अन्तिम टुर्नामेण्ट लेवर कपमा एकल म्याच खेलेनन्। दीर्घ २४ सालसम्म टेनिस कोर्टमा राज गर्ने फेडररलाई सात मिनटको बिदाई सम्बोधनमा लगातार रोईरहेको देखियो। उल्लेखनीय छ, फेडररले विम्बल्डनको रूपमा २०२१-मा आफ्नो अन्तिम टुर्नामेण्ट खेलेका थिए।

आफ्नो करियरमा सर्वाधिक ग्राण्ड स्ल्याम खिताब जित्नेहरूका सूचीमा उनी नडाल र जोकोविचपछि दोस्रो स्थानमा रहेका छन्। नडालको नाममा रेकर्ड २२ वटा अनि जोकोविचको नाममा २१ वटा ग्राण्ड स्ल्याम खिताब रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement