यूएफा नेशन्स लीगः फ्रान्स, इटली र नीदरल्याण्ड विजयी, जर्मनीको हार

IMG-20220924-WA0075.jpg

२४ सेप्टेम्बरः यूएफा नेशन्स लीगमा शुक्रवार राति फ्रान्स, इटली र नीदरल्याण्ड्सले जीत हासिल गऱ्यो भने जर्मनी चाहिँ निराशाजनक हारको सम्मुखीन भयो। फ्रान्सले ग्रुप ए-को म्याचमा अष्ट्रिया विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। म्याचमा फ्रान्सले दुवै गोल मध्यान्तरपछि हासिल गऱ्यो। सबैभन्दा पहिला स्टार स्ट्राईकर कीलियन एम्बाप्पेले ५६औं मिनटमा दर्शनीय सोलो गोल गरी फ्रान्सलाई बढ़त दिलाए। त्यसपछि अनुभवी ओलिवर गिरोडले ६५औं मिनटमा टीमको निम्ति दोस्रो गोल गरे। यस ग्रुपको अन्य एउटा म्याचमा क्रोएशियाले डेनमार्कलाई २-१-ले पराजित गऱ्यो।

म्याचमा क्रोएशियाबाट बोर्ना सोसाले ४९औं र लोवरो माहेरले ७९औं मिनटमा गोल गरे। डेनमार्कबाट क्रिस्टियन एरिकसेनले ७७औं मिनटमा गोल गरे। ग्रुप ए-मा क्रोएशिया ५ वटा म्याचमा १० पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। यसरी नै दोस्रो स्थानमा रहने डेनमार्कसँग ९ पोइण्ट रहेको छ।

फ्रान्स नेशन्स लीगमा खिताब जित्ने होड़बाट अगावै बाहिर भइसकेको छ तर क्रोएशिया, बेल्जियम र नीदरल्याण्डले आ-आफ्नो म्याच जितेर आफूलाई अन्तिम ४-मा स्थान बनाउने होड़मा कायम राख्यो। अन्तिम ४-का म्याचहरू आउँदो साल जूनमा हुनेछ। ग्रुप डी-मा नीदरल्याण्ड्सले पोल्याण्ड विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट कोडी गाक्पोले १३औं र स्टीवन बर्जविनले ६०औं मिनटमा गोल गरे। यसै ग्रुपमा बेल्जियमले वेल्सलाई २-१-ले पराजित गऱ्यो। बेल्जियमबाट म्याचमा केविन डी ब्रूयेनले १०औं र मिची बात्शुआयीले ३७औं मिनटमा गोल गरे। यसरी नै वेल्सबाट किफेर मूरेले ५०औं मिनटमा गोल गरे। ग्रुप डी-मा नीदरल्याण्ड्स १३ पोइण्टको साथ पहिलो अनि बेल्जियम १० पोइण्टको साथ दोस्रो स्थानमा रहेको छ।

ग्रुप सी-मा जर्मनीले हंगेरी विरुद्ध ०-१-ले हारको सामना गर्नु पऱ्यो। म्याचमा ७३ प्रतिशत पोजेशनको साथ खेले पनि जर्मनीले गोल गर्न सकेन। हंगेरीबाट म्याचको एकमात्र गोल एडम सालाईले १७औं मिनटमा छिराए। यस ग्रुपको अन्य एउटा म्याचमा इटलीले ईंग्ल्याण्डलाई १-०-ले पराजित गऱ्यो। यस रोमाञ्चक म्याचमा इटलीबाट एकमात्र गोल गिआकोमो रासपाडोरीले ६८औं मिनटमा छिराए। ग्रुप सी-मा हंगेरी १० पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। यसरी नै इटली ८ पोइण्ट लिएर दोस्रो स्थानमा छ। ग्रुप एल-मा बुल्गेरियाले जिब्राल्टरलाई ५-१-ले पराजित गऱ्यो। यस ग्रुपको अन्य एउटा म्याचमा जर्जियाले नर्थ मेसिडोनियालाई २-०-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement