नागपुर: रणजी ट्रफी च्याम्पियन विदर्भले शेष भारतलाई ९३ रनले पराजित गरी ईरानी कप क्रिकेट प्रतियोगिताको खिताब तेस्रोपल्ट जित्यो। म्याचमा विदर्भले पहिला ब्याटिंग गर्दै आफ्नो पहिलो ईनिंग्समा ३४२ रन बनाएको थियो जबकि शेष भारतको पहिलो ईनिंग्स २१४ रनमा टुंगिएको थियो। यसरी विदर्भलाई पहिलो ईनिंग्सको आधारमा १२८ रनको बढ़त हासिल भएको थियो। त्यसपछि विदर्भले आफ्नो दोस्रो ईनिंग्समा २३२ रन बनाउँदा शेष भारतलाई म्याच जित्न ३६१ रन बनाउने लक्ष्य हासिल भएको थियो। जवाफमा शेष भारत आफ्नो दोस्रो ईनिंग्समा २६७ रन बनाएर अलआउट भयो। लक्ष्यलाई पीछा गर्दै शेष भारतको शुरुवात असल रहेन अनि ८० रनमै ५ विकेटको पतन भइसकेको थियो। निराशाजनक शुरुवातपछि यश ढुलले आफ्नो तर्फबाट भरपूर प्रयास गरे पनि विदर्भलाई च्याम्पियन बन्नदेखि रोक्न सकेनन् । ढुलले ८ वटा चौका र एउटा छक्काको साथ ११७ बल खेलेर ९२ रन बनाए। उनले सारांश जैनसँग मिलेर स्कोरलाई १३३ सम्म पुऱ्याए। जैन २९ रन बनाएर आउट भए। त्यसपछि ढुलले मानव सुथरसँग मिलेर सातौं विकेटको निम्ति १०४ रन रनको पार्टनरशीप गरे। ढुल आउट भएपछि विदर्भलाई म्याच जित्न अधिक समय लागेन। मानव सुथर ५६ रनमा अविजित रहे। उनले ११३ बल खेलेर ४ वटा चौका र एउटा छक्का लगाए। विदर्भका बलरहरूमा हर्ष दुबेले सर्वाधिक ४ विकेट लिए। विदर्भको पहिलो ईनिंग्समा १४३ रन बनाउने अथर्व ताइदेले प्लेयर अव् द म्याचको ट्रफी हासिल गरे।