रोङचोङ: प्रगति युवा संघ, रोङचोङको तत्त्वावधानमा आयोजित निलम तामाङ स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा एनएच रियालिटी च्याम्पियन बन्यो। रोङचोङ खेल मैदानमा आइतवार खेलिएको फाइनल म्याचमा एनएच रियालिटीले एनएचपीसी रम्बीविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट प्रकाश साइबोले गोल गरे। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। टुर्नामेण्टमा अफ्रिकी मूलका खेलाड़ीहरूका भागीदारीमाथि प्रतिबन्ध लगाइएको थियो।