एनएच रियालिटी च्याम्पियन

IMG-20251005-WA0143

रोङचोङ: प्रगति युवा संघ, रोङचोङको तत्त्वावधानमा आयोजित निलम तामाङ स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा एनएच रियालिटी च्याम्पियन बन्यो। रोङचोङ खेल मैदानमा आइतवार खेलिएको फाइनल म्याचमा एनएच रियालिटीले एनएचपीसी रम्बीविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट प्रकाश साइबोले गोल गरे। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। टुर्नामेण्टमा अफ्रिकी मूलका खेलाड़ीहरूका भागीदारीमाथि प्रतिबन्ध लगाइएको थियो।

About Author

Advertisement