खरसाङ नगरपालिकाको विभिन्न क्षेत्रमा पैह्रो

IMG-20251005-WA0124

सभासद श्याम शेर्पा र नगरपालिका अध्यक्ष ब्रिगेन गुरूङको टोलीद्वारा भ्रमण निरीक्षण

खरसाङ: रातभरि परेकाे पानीले खरसाङकाे विभित्र क्षेत्रमा पैह्रो गएको छ।विशेष गरी खरसाङको शेर्पा बस्ती, टेकवीर बस्ती वार्ड नम्बर २ ३ अनि वार्ड नम्बर ७, वार्ड नम्बर १६, १७ र २० मा पैह्रो गएको छ। खरसाङ क्षेत्रको पैह्रो निरीक्षणमा बिहानदेखि नै क्षेत्रीय सभासद शेर्पा अनि डेपुटी म्याजिस्ट्रेट प्रसन्नजित चक्रवर्ती र सिँचाई विभागको एसएई सुनिता लामा आदिको एउटा टिम अनि अर्को टोलीमा खरसाङ नगरपालिकाकाे चेयरम्यान ब्रिगेन गुरुङ र भाइस चेयरम्यान सुवास प्रधान, ईञ्जिनियर सञ्जय थापा आदिको टिमले सबै पैह्रोकाे निरीक्षण गरेर तारपोलिन वितरण गरेका छन्।

वार्ड नम्बर ६ शेर्पा बस्तीमा गुम्बामाथि पैह्रोले गर्दा लमु शेर्पा र अन्यको घर खतरामा रहेको बताइएको छ। त्यसरी नै वार्ड नम्बर २ टेकवीर बस्तीमा विपन राई, अन्जना तामाङ अनि उदय भित्रीकोटीकाे घरलाई पैह्रोले क्षति गरेको छ। त्यसरी नै वार्ड नम्बर ३ मा मधु मंग्रातीकाे घर छेउमा पैह्रो गएको छ भने वार्ड नम्बर २ डाउहिल सुनौलो परिवार समाज भवनदेखि मुनितिर रहेको रिता राई र भरत छेत्रीकाे घर पैह्रोको एकदमै खतरामा रहेको छ। खरसाङ नगरपालिका क्षेत्रको‌ ठाउँ ठाउँमा बिजुलीको खम्बाहरु पनि लडेको छ भने सभासद श्याम शेर्पाले विद्युत विभागको डिभिजनल म्यानेजरलाई यस विषयमा जानकारी गराएका छन्।

यसरी नै वार्ड नम्बर १६ मा देवाशिष जोशी र एल्जिन ब्राह्मणको वार्ड नम्बर १७ मा एण्ड्रु गुरुङको घर छेउमा पैह्रो गएको बताइएको छ। जसमा विभागद्वारा निरीक्षण गरेर तारपोलिन वितरण गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement