केन्द्र तथा राज्य सरकारहरूले तुरुन्तै “गम्भीर प्राकृतिक विपत्ति” को घोषणा गरी शीघ्र राहत र उचित क्षतिपूर्ति सुनिश्चित गर्नुपर्छ: समन पाठक

IMG-20251005-WA0127

खरसाङ: भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी), दार्जिलिङ जिल्ला कमिटी प्राकृतिक विपत्तिबाट पहाडी क्षेत्रमा भएको व्यापक क्षति अमूल्य जनजीवनको दु:खद हानि र सम्पत्तिको विनाशप्रति गहिरो दुःख र हार्दिक समवेदना व्यक्त गरेको छ। भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी), दार्जिलिङ जिल्ला कमिटीको तर्फबाट दार्जिलिङ जिल्ला कमिटीको सचिव समन पाठकले
केन्द्र तथा राज्य सरकारहरूले यस घटनालाई तुरुन्तै “गम्भीर प्राकृतिक विपत्ति” को रूपमा घोषणा गरी सबै प्रभावित व्यक्ति र परिवारलाई शीघ्र राहत र उचित क्षतिपूर्ति सुनिश्चित गर्नुपर्छ भनी मांग गरेका छन्।‌ उनले यस विषयमा भने, ‘यो पर्वको समयमा आएको यो विपत्ति हाम्रो समयका सबैभन्दा गम्भीर दुःखद घटनामध्ये एक बनेको छ। तराईका धेरै क्षेत्रहरू पनि यस विपत्तिबाट गम्भीर रूपमा प्रभावित भएका छन्।
उनले अघि भने, ‘यस विपत्तिपूर्ण घडीमा सबैलाई एकजुट रहँदै पीडितहरूको सहयोगमा सम्भव सबै सहयोग पुर्‍याउन हामी आग्रह गर्दछौं। हिजो रातिदेखि उद्धार तथा राहत कार्यमा निरन्तर संलग्न सबैप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।
केन्द्र तथा राज्य सरकारहरूले यस घटनालाई तुरुन्तै “गम्भीर प्राकृतिक विपत्ति” को रूपमा घोषणा गरी सबै प्रभावित व्यक्ति र परिवारलाई शीघ्र राहत र उचित क्षतिपूर्ति सुनिश्चित गर्नुपर्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement