प्रतिकूल मौसमको कारणले गर्दा दार्जिलिङ हिमालयन रेलवेको ‘शताब्दी मार्च’ स्थगित

IMG-20251004-WA0112

दार्जिलिङ: प्रतिकूल मौसम साथै दार्जिलिङ पहाडमा प्राकृतिक प्रकोप पैह्रोको कारणले दार्जिलिङ हिमालयन रेलवद्वारा घोषणा गरिएको ‘शताब्दी मार्च’ अहिलेलाई स्थगित गरिएको छ।उक्त शताब्दी मार्च स्थगित गरिएको घोषणा गर्नु परेकोले दार्जिलिङ हिमालयन रेलवेले यो दुःख व्यक्त गरेको छ। विशेष गरी दार्जिलिङ र वरपरको गम्भीर मौसम अवस्थालाई ध्यानमा राख्दै यो कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ। यो शताब्दी मार्च स्थगित गरिएको विषयमा दार्जिलिङ हिमालयन रेलवेको‌ निर्देशक रिशप चौधरीले यससित सहभागीहरू, स्थानीय समुदायहरू र पर्यटकहरुको सुरक्षा र कल्याण हाम्रो प्रमुख प्राथमिकता रहेको बताएका छन्‌। उनले डीएचआरले स्थानीय अधिकारीहरू र साझेदार संस्थाहरूसँग परामर्श गरेर परिस्थितिलाई नजिकबाट निगरानी गर्नेछ र परिस्थिति अनुकूल भएपछि कार्यक्रमको लागि संशोधित मितिहरू घोषणा गर्ने भएको बताएका छन्। उनले हामी यस प्रतीकात्मक मार्चमार्फत महात्मा गान्धीजीको ऐतिहासिक दार्जिलिङ भ्रमणको शताब्दीलाई सम्मान गर्न प्रतिबद्ध छौं र हामी उपयुक्त समयमा पहल पुन: सुरु गर्न तत्पर छौं।’
उनले यस ‘शताब्दी मार्च’ उचित समयमा आधिकारिक रुपमा च्यानलहरू र मिडियामार्फत् साझा गरिने पनि जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement