रोहिणी रोड पैह्रोले वाधित बनेपछि सबै गाडीहरु राष्ट्रिय राजमार्ग ११० भएर चल्न शुरु

IMG-20251005-WA0107

तीनधारेमा ट्राफिक जामको समस्या

खरसाङ: आज बिहान खरसाङको रोहिणी रोड (सुवास घिसिङ मार्ग) मा पैह्रो गएपछि सबै गाडीहरु राष्ट्रिय राजमार्ग ११० (पहिला ५५) भएर कुदिरहेका छन्। सिलगढीबाट खरसाङ हुँदै दार्जिलिङ र दार्जिलिङबाट खरसाङ हुँदै सिलगढी जाने सबै गाडीहरु रोहिणी रोड भएर छिट्टो पुग्ने हुनाले रोहिणी रोड भएर कुद्ने गर्दथे। तर रातभरि परेको पानीले गर्दा खरसाङको गौरी शंकर चियाबारीदेखि केही मुनि रोहिणी रोडमा पैह्रो गएपछि सबै गाडीहरु राष्ट्रिय राजमार्ग ११० भएर कुदिरहेका छन्‌‌। रोहिणी रोड पैह्रोले वाधित बनेपछि सबै गाडीहरु राष्ट्रिय राजमार्ग ११० को अन्तिम तीनधारे, घैयाबारी, महानदी र गिध्द पहाड हुँदै कुदिरहेका छन्‌। यस रोडमा सधैं बस र यस क्षेत्रको मात्रै गाडीहरु कुद्ने गरेका थिए भने आज दार्जिलिङदेखि सिलगढी र सिलगढीदेखि दार्जिलिङ जाने सबै गाडीहरु यही रोड भएर कुदिरहेका छन्। हुन त रोहिणी रोड बनिनु अघि सबै गाडीहरु यही रोड भएर कुद्ने गर्दथ्यो। तर रोहिणी रोड बनाएपछि भने राष्ट्रिय राजमार्ग भएर गाडीहरु कम कुद्ने गरेका थिए। तर आज बिहान रोहिणी रोडमा पैह्रो गएपछि भने सबै गाडीहरु राष्ट्रिय राजमार्ग ११० अन्तर्गत तीनधारे, घैयाबारी, महानदी र गिध्द पहाड हुँदै खरसाङ भएर कुदिरहेका छन्। विशेष गरेर सबै गाडीहरु राष्ट्रिय राजमार्ग ११० भएर कुदेकोले तीनधारे क्षेत्रमा ट्राफिक जामको समस्या देखिएको छ। विशेष गरेर तीनधारेको गोलाई पाखा क्षेत्रमा गाडीको जाम देखिएको स्थानीयहरुले बताएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement