खरसाङ: रातभरि परेको पानीले महानदी-तीनधारे समष्टि अन्तर्गत घैयाबारीको लोवर गैरी गाउँ निवासी शोभा रसाइली अनि सञ्जीव रसाईलीको घरलाई पैह्रोले क्षति गरेको जानकारी प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार रातभरि परेको पानीले गर्दा आज बिहान लगभग ५ बजीतिर घरको माथिबाट आएको पैह्रोले दुवैवटा घरलाई क्षति पुराएको छ। पैह्रोले दुईवटा घरको बाहिरी भागलाई क्षति गरेको साथै घरको रेलिङ पैह्रोले क्षति पुराएको बताइएको छ। दुईवटा घरलाई क्षति पुराएपछि घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत समिति सदस्या कुसुम तामाङ, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्म, घैयाबारीको बुथ नम्बर २५७ को सभापति नरेन राई र सचिव नवराज प्रधान उपस्थित भएर पैह्रो सभा गर्ने कार्य गरिरहेको जानकारी प्राप्त भएको छ।

उक्त पैह्रोको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी तीनधारे समष्टिको सभापति राजीव थापा, घैयाबारी ग्राम पञ्चायत तीनको उप प्रधान केवल राई लगायत अन्यहरुले निरीक्षण भ्रमण गरेका थिए। उक्त पैह्रोले क्षति गरेको दुईवटा घरलाई पञ्चायतबाट र पञ्चायत समितिको तर्फबाट तारपोलिन दिएर सहयोग गरेको जानकारी प्राप्त भएको छ।