हाम्रो सिक्किम पार्टीमा सामेल

IMG_20220924_002430.jpg

गान्तोक: सिक्किम नागरिक समाजका सदस्य एवं एक राजनीतिक कार्यकर्ता नीकनोर प्रधान हाम्रो सिक्किम पार्टी (एचएसपी) मा सामेल भएका छन्। एचएसपी अध्यक्ष भाचइुङ भोटिया र महासचिव बिराज अधिकारीले प्रधानलाई पार्टीमा स्वागत जनाए।

एचएसपी अध्यक्ष भोटियाले नीकनोर प्रधानको अनुभवले पार्टीको सुदृढिकरणमा बल मिल्ने बताएका छन्। एचएसपीले स्वच्छ राजनीतिको ब्राण्डको माध्यमद्वारा जनताका आकांक्षा र गुनासोहरूलाई प्रतिनिधि गर्छ भनी उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले राज्यलाई समृद्ध बनाउन काम गर्ने र काम नगर्ने व्यवस्थालाई सत्ताबाट हटाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

एचएसपीमा सामेल भएका नीकनोर प्रधानले सिक्किम भ्रष्ट पार्टीहरूको निम्ति चर्ने ठाउॅं बनेको आरोप लगाए। उनले एचएसपी भ्रष्टाचार विरोधी र जनमुखी मुद्दाहरूका साथ वर्तमान शासनको शक्तिशाली विकल्प रहेको ठहर पनि गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *