अहमदाबाद: भारतले वेष्ट इण्डिजविरुद्ध जारी पहिलो टेस्ट म्याचमा जीतको दिशामा कदम बढ़ायो। नरेन्द्र मोदी स्टेडियममा जारी टेस्ट म्याचको दोस्रो दिन भारतले ५ विकेटमा ४४८ रन बनाएर पहिलो ईनिंग्सको आधारमा २८६ रनको बढ़त हासिल गऱ्यो। वेष्ट इण्डिजले आफ्नो पहिलो ईनिंग्समा केवल १६२ रन बनाएको थियो। भारतको निम्ति म्याचको दोस्रो दिन विकेटकीपर ब्याटर ध्रुव जुरेल (१२५ रन)-को साथमा रविन्द्र जडेजा (अविजित १०४ रन) र केएल राहुल (१०० रन)-ले शतक बनाए। यी तीनवटा शतकले गर्दा म्याचमा वेष्ट इण्डिजको हार तय लागिरहेको छ। शुक्रवार वेष्ट इण्डिजका बलरहरूले १-१ विकेटको निम्ति कठोर मेहनत गर्नु पऱ्यो। दोस्रो दिनको खेल समाप्त हुँदासम्म जडेजासँग वाशिंगटन सुन्दर ९ रन बनाएर क्रीजमा थिए। वेष्ट इण्डिजका बलरहरूमा कप्तान रेस्टन चेसले सर्वाधिक २ विकेट लिए। भारतले आज पहिलो दिनको स्कोर २ विकेटमा १२१ रनदेखि अघि खेल्न शुरु गऱ्यो। बिहीवार अविजित रहने राहुलले आज शतक र शुभमन गिलले अर्द्धशतक (५० रन) बनाए। यी दुईजनाले तेस्रो विकेटको निम्ति ९८ रनको पार्टरशीप गरे। गिल आउट भएपछि राहुलले जुरेलसँग मिलेर स्कोर २१८ रनसम्म पुऱ्याए। राहुल शतक पूरा गर्नको साथै आउट भए। उनले १९७ बल खेलेर १२ वटा चौका लगाए। राहुल आउट भएपछि जुरेलले जडेजाबाट असल साथ पाए। यी दुईजनाले वेष्ट इण्डिजका बलरहरूलाई भरपूर शास्ती दिए। जुरेल र जडेजाले पाँचौं विकेटको निम्ति २०६ रनको पार्टनरशीप गरेर भारतलाई मजबूत स्थितिमा पुऱ्याए। आफ्नो पहिलो टेस्ट शतक बनाउने जुरेलले २१० बल खेलेर १५ वटा चौका र ३ वटा छक्का लगाए। यसरी जडेजाले १७६ बल खेलेर ६ वटा चौका र ५ वटा छक्का लगाए। जुरेल दिनको अन्ततिर आउट भएपछि जडेजा र सुन्दरले मिलेर दिनको अन्तसम्म लड़ाइँ जारी राखे।